Pokharapatra National Daily

कोन सहकारीको रक्तदानमा ७७ यूनिट रगत संकलन

पोखरा महानगरपालिका वडा न १३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले शनिवार खुल्ला रक्तदान गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले २२ औ बार्षिकोत्सवको अवसरमा शिक्षा उपसमितिद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन भएको छ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का निवर्तमान अध्यक्ष शरदकान्त सिग्देलले पहिलो रक्तदाता सपना सिग्देललाइ ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।
कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष माधवप्रसाद सिग्देल, शिक्षा उपसमितिका संयोजक खड्कवहादुर गुरुङ(खुशीमान), सल्लाहकार अनुज सिग्देल र रक्त संचार केन्द्र पोखराका पूर्व प्रमुख धु्रर्व लामिछाने लगायत वोलेको कार्यक्रममा सचिव शान्तकुमार श्रेष्ठले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्