Pokharapatra National Daily

जनताको सेवामा किरण वडा १३ मा प्रवेश

उत्तरदेखि दक्षिण लामबद्ध । चन्द्रमा जस्तै हँसीला अनुहार । कसैका हातमा मखमली फूल । कसैको हातमा फूलका गुच्छ । केही तिहारे मालामा उभिएका छन् । अझ विशेष गरी कुनैले थालीमा गणेश दुवोको मालमा सितारा सजिएको । दोहोरो लाइनमा खुशीले ढपक्कै ढाकेको अनुहार । यसो हेर्दा कुनै भिआइपीको स्वागत होको कि जस्तो । त्यहाँ न कुनै भिआइपीलाई स्वागत नै थियो । विहीवार पाँच बजेर २० मिनेट जाँदा । हिमाल सरी ढाकाटोपी लगाएका । गमिलो रंगको कोटमा हँसीलो अनुहार ३७ वर्षिय ठिटोको आगमन । सोही ठिटो सवैको नमस्कार ग्रहण गर्दै उत्तरी प्रवेशद्धारवाट दक्षिण तिर आइरहेका थिए किरण वराल ।
भर्खरै सम्पन्न २०७९ को स्थानीय तहको निर्वाचनवाट निर्वाचित वडा नं १३ का अध्यक्ष किरण वराल कार्यकोठामा प्रवेश गर्न आएको दृश्य हो । हाम्रो समाजमा धेरैका मुखारमा झुण्डीएको हुन्छ मेहनतको फल कहिल्यै खेर जाँदैन । जीवनमा कहिलै घमण्ड गर्नु हुँदैन । सकारात्मक रुपमा सहयोगी भावना राख्नुपर्छ । यस्ता विचार र भावनाले ओतप्रोत युवा नेता वडा नं १३ को वडाध्यक्षमा पुगे वराल । अव समाज र राष्ट्र बनाउने युवा मात्र एक विकल्प रहेको महशुष हुन थालेपछि लामो समय अष्टे«लिय वसाइपछि देश वनाउने सोचमा नेपाल आएका हुन वराल । त्यसैले राजनीति, सामाजिक क्षेत्रमा काम गर्ने निकाय, हरेक क्षेत्रका कर्मचारी लगायत सबैले आफ्नो काम, कर्तव्य जिम्मेवारीलाई इमानदारका साथ कार्यसम्पादन गर्ने हो भने वडा नं १३ मात्र होइन पोखरा महानगरपालिकालाई विश्वको नमुना शहरको रुपमा विकास गर्न सकिने वरालको दावी छ ।
अझ सवै भन्दा पहिला चुनावमा वडावासी समक्ष प्रतवद्धता गरेको विषयलाई वस्तारै विस्तारै पुरा गर्दै जाने वरालले भने । नयाँ सोच, जाँगर, संस्कार, चेतना र संस्कृतिको उत्तम प्रयोजनवाट मात्र समाज परिवर्तनको ढोका खुल्न सक्छ । देश विकासका हरेक आधारस्तम्भ युवा हुन र ऊर्जाका स्रोत, परिवर्तनका बाहक शक्ति पनि युवा हुन, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रणी भूमिकामा पनि युवा शक्ति नै देखिन्छ ।
त्यही युवाको नेतृत्वमा निर्वाचित महिला सदस्यमा सुचित तमाङ्ग, दलित सदस्य रजनी परियार, खुला सदस्य द्धय सरीफ अलिमियाँ, र बल वहादुर बराल वडा सेवामा आएका छन् । पदभार गरेपछि वडाध्यक्ष बरालले पहिलो निर्णय सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई बढि जोड दिएर अगाडि बढ्ने भने । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रविधी मैत्री शिक्षा सँगै प्रयोगात्मकमा बढि जोड दिने वताए । हरेक घरपरिवारलाई कृषिमा आत्मनिर्भर हुनको लागि एक घर, एक कागतीको बिरुवा वितरण गर्ने कार्यक्रम तुरुन्त सञ्चालन गर्ने निर्णय भएको वडा अध्यक्ष बरालले भने ।
वडावासीलाई कागतीको बिरुवा वडाले नै उपलब्ध गराउने अध्यक्ष वरालले जानकारी गराए । नेपली काँग्रेस वडा नं १३ इकाइका अध्यक्ष माधव सिग्देलले चुनावको मिति घोषणा सँगै रातदिन न भोक न तिर्खा भनी लागि परेर आज अध्यक्ष कुर्चिमा पदभार गर्दाको दृश्यले आत्मै खुशीले गदगद भएको पोखरापत्रलाई भने ।
अव समाजमा पक्ष र प्रतिपक्ष नभनिकन सवै एक जुट भइ मखमली माला सरी अगाडि बढ्नु पर्नेमा इकाइ अध्यक्ष सिग्देलले जोड दिए । नेपाली काँग्रेस वडा नं १३ इकाइका सचिव सुदिप गुरुङले युवा परिवर्तनका सम्भाक भएको संकेत गर्दै सामाजिक कार्यमा युवा सदैव अग्रसरता भएको देखिने पोखरापत्रलाई भने ।

प्रतिकृया दिनुहोस्