Pokharapatra National Daily

योगी पोखरामा पहिलो महिला वडा अध्यक्ष

पोखरा महानगरपालिका बाहेक गण्डकी प्रदेशका ८४ वटा पालिकाहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उक्त मत परिणाम सार्वजनिक हुदा नेपाली कागं्रेस पहिलो पार्टीको रुपमा स्थापित भएको छ ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट नेपाली कागें्रसले प्रमुख तथा अध्यक्षमा ३६ र उपप्रमुख तथा उपाध्यक्षमा ३० स्थानमा जित हासिल गरेको हो । त्यस्तै एमालेले प्रमुख तथा अध्यक्षमा ३५ र उपप्रमुख तथा उपाध्यक्षमा ३२ स्थानमा जित हासिल गरेको छ । तेश्रो दलको रुपमा स्थापित गरेको माओबादी केन्द्रले भने प्रमुख तथा अध्यक्षमा ११ र उपप्रमुख तथा उपाध्यक्षमा १९ स्थानमा जित हासिल गरेको हो । राष्ट्रिय जनमोर्चाले अध्यक्षमा २, उपाध्यक्षमा २, स्वतन्त्रले उपाध्यक्षमा स्थानमा जित हासिल गरेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ । कास्कीका ५ पालिका मध्य कांग्रेसले २ वटा अध्यक्ष तथा उपाध्यक्ष एमालेले २ वटा अध्यक्षमा जित हासिल गरेका छन् । यसैबिच क्षेत्रफलको हिसावले देशकै ठुलो पोखरा महानगरपालिकामा पहिलो महिला वडा अध्यक्षमा राधिका शाही योगी विजयी भएकी छन् । नेकपा एमालेकी उमेदवार योगी पोखरा १७ बाट वडा अध्यक्षको रुपमा विजयी भएकी हुन् ।
नेपाली काग्रेंसका वडा अध्यक्षका उमेदवार देवराज आचार्यलाई ८३ मतको झिनो अन्तरले पराजित गर्दै पोखरामा पहिलो महिला वडा अध्यक्षको रुपमा विजयी भएकी हुन । अध्यक्ष योगीले २ हजार ६ सय २५ मत ल्याउदा उनका प्रतिष्पर्धी आचार्यले २ हजार ५ सय ४२ मत ल्याएका थिए । साथै योगीको टिममा सहभागी भएको एमालेको प्यानल नै विजयी भएको हो । महिला सदस्यमा विष्णुकुमारी थापा, दलित महिला सदस्यमा तारा परियार, वडा सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भएका छन् । यसअघि पनि २०७४ सालको निर्वाचनमा उक्त वडामा एमालेले जित हासिल गरेको थियो । यसैबिच नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज आचार्यको वडामा नेपाली कागें्रसले जित हासिल गरेको छ । एमालेको गण मानिएको उक्त स्थानमा एमालेका पोखरा ३१ का वडा अध्यक्षका प्रत्यासी चिरन्जिवी बन्जरालाई पराजित गर्दै कागें्रसका उमेदवार ढकनाथ कडेलले पराजित गरेका हुन् । बन्जरालाई कडेलले १ सय ६१ मत अन्तरले पराजित गरेका हुन् । एमालेका बन्जराले १ हजार ७ सय ३७ मत ल्याउदा उनका प्रतिष्पर्धी कडेलले १ हजार ८ सय ९८ मत ल्याएका थिए ।

प्रतिकृया दिनुहोस्