Pokharapatra National Daily

पोखराको मेयरमा आचार्य, उपमेयरमा गुरुङ निर्वाचित

पोखरा महानगरपालिकाको मेयरमा आचार्य, उपमेयरमा गुरुङ निर्वाचित

पोखरा ११, जेठ

नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएका छन् ।

पाँच दलीय गठबन्धन साझा उमेदवार आचार्यले आफ्ना निकतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै पोखराको १५ औं मेयरमा निर्वाचित भएका हुन् । आचार्यले खसेको मतमा ५८ हजार ८ सय ९३ ल्याउदा थापाले भने ५२ हजार ८ सय ४८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, पोखराले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

राप्रपाका मेयर उम्मेदवार शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त गरे गर्दा स्वतन्त्र उम्मेदवार गनेस पौडेलको ३ हजार ३० मत प्राप्त गरे ।

यसैगरी, उपमेयरमा एमालेकी मञ्जुदेवी पुनः उपमेयर भएकी छन् । गुरुङले आफ्ना निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ८ सय ८३ मतअन्तरले पछि पार्दै निर्वाचित भएकी हुन् । गुरुङले कुल खसेको मतमा ६० हजार ५ सय ४६ मत प्राप्त गर्दा गठबन्धनकी साझा उमेदवार रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी हुन् । राप्रपाबाट उपमेयर उम्मेदवार रञ्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत प्राप्त गरिन् । पोखरारको १२ दिनमा मतगणना सम्पन्न भएकोे हो ।

मेयरमा पराजित एमालेका कृष्ण थापाले निर्वाचित आचार्यलाई सुरुमै मतगणना स्थलमै पुगेर बधाई सहित सफल कार्यकालको शुभकामना दिएका समेत दिएका छन्। २०७४ सालको चुनावमा एमालेले मेयर र उपमेयर दुवै जितेकोमा यसपालि एमालेले मेयर गुमायो । २०५४ सालमा कृष्ण थापा नै पोखराको मेयर भएका थिए । गण्डकी प्रदेश सभा सदस्य थापा मेयर उदको लागि राजीनामा दियर मेयर पदको उमेदवारी दिएका थिए । मेयर पदमा हार भएसंगै अब कुनै पनि स्थानमा अब आफु नठ्ने उनले पत्रकारसंग प्रतिकृया समेत दिएका छन्। आफ्ले यस निर्वाचन पश्चात कुनै स्थानमा पनि नठ्ने उनले मनासाय पहिलेनै व्यक्त गरेको उनले जनाए । पोखराका ३३ वटा वडामध्ये एमालेले मात्र ९ वडा जितेको छ । २३ वटा वडा कांग्रेसले जित्दा १ वटा वडा पोखरा २२ अध्यक्षमा भने स्वतन्त्रका उम्मेदवार हिमलाल बराल निर्वाचित भए । संघियता पछिको पहिलो स्थानिय निर्वाचनमा एमालेले २२ र कागेंसले ११ वटा जितेको थियो ।

प्रतिकृया दिनुहोस्