Pokharapatra National Daily

एमाले सचिव अर्यालका श्रीमान सदस्यमा पराजित

नेकपा (एमाले) का सचिव पद्मा कुमारी अर्यालका श्रीमान लक्ष्मीपति पौडेल स्थानीय तह निर्वाचन अन्र्तगत वडा सदस्यमा पराजित भएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका १ को वडा सदस्यमा उम्मेदवार बनेका पौडेल निर्वाचनमा पराजित भएका हुन् ।
वालिङ नगरपालिका वडा १ मा १८ सय ३४ मत खसेको थियो । वडा सदस्यमा विजयी काँग्रेसका शम्भब अर्यालले १ हजार १ सय १२ मत ल्याउँदा खुल्ला सदस्य पदका उम्मेदवारमा पराजित पौडेलले ६ सय ४५ मत ल्याएका छन् ।
२०५४ सालमा नेकपा एमालेबाट स्याङ्जाको जिल्ला विकास समितिमा उपसभापति बनेका पूर्वमन्त्री समेत रहेकी अर्यालका श्रीमान पौडेल जिल्ला समन्वय प्रमुखमा उम्मेदवार बन्ने तयारीमा थिए । उनको यो तयारीमा मतदाताको सहयोगमा २६ वर्षिय युवक अर्याल बाधक बनेका छन् । वडा १ को वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार पदमा गुरुङले ८ सय ५० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गिरमान गुरुङले ८ सय २९ मत प्राप्त गर्दै पराजित भएका छन् ।
वालिङ नगरपालिकाको मेयरका लागि काँग्रेसका तर्फबाट दिलीपप्रताप खाँण र एमालेबाट कृष्ण खाँण प्रतिस्पर्धामा छन् । दिलीप निर्वतमान मेयर हुन् । खाँणद्धयको प्रतिस्पर्धामा प्रारम्भिक मत परिणाममा कृष्ण अगाडी देखिएका छन् ।

प्रतिकृया दिनुहोस्