Pokharapatra National Daily

स्याङ्जाको हरिनासमा एमाले विजयी

स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् ।
यसअघि ५ वर्ष गाउँपालिकाको नेतृत्व सम्हालेका मानन्धरले प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस नेतृत्वको गठबन्धनका टोपबहादुर भुजेल ‘टोपा’लाई ३७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
गाउँपालिकाको अध्यक्षमा विजयी मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गरेका थिए भने काँग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए । उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना विजयी भएकी छन् । नेकपा माओवादीकी मिठु लम्साललाई २४ मतले पराजित गर्दै उनी विजयी भएकी हुन् । विजयी रानाले ४ हजार ७ सय ४० मत प्राप्त गरेकी छन् भने लम्सालले ४ हजार ७ सय १६ मत प्राप्त गरेकी छन् । हरिनास गाउँपालिकाका ७ वटा वडामध्ये १ मा काँग्रेसका इन्द्रबहादुर गुरुङ, २ मा काँग्रेसकै चित्रबहादुर थापा, ३ मा एमालेका ओमप्रकाश सिग्देल, ४ मा एमालेकै सन्तबहादुर थापा, ५ मा काँग्रेसका निर्मल लम्साल, ६ मा एमालेका विरबहादुर राना र ७ मा एमालेकै भरत थापा विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्