Pokharapatra National Daily

सदस्य हुँदा सबैको मन जितेका राजेश वडा अध्यक्षको लागि मत माग्दै

कुनै पनि देशमा भएका हरेक परिवर्तनमा युवाहरूको भूमिका अग्र स्थानमा रहेको पाइन्छ । कुनै पनि समाज, वडा र हरेक जिल्लामा विकासको गति कति अगाडि छ भन्ने विषयमा लेखाजोखा गर्नुपर्दा त्यो समाजमा रहेका युवा कति शिक्षित, अनुशासित, सक्रिय र सभ्य छन् त्यसको आधारमा नापिन्छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र समग्र विकासमा पनि युवाहरूको अवस्थाले नै भूमिका निर्धारण गरेको पाइन्छ । यसरी हरेक क्षेत्रमा उल्लेख्यीय योगदान दिँदै आएका युवाप्रति समाजले आशा र भरोसा राख्नु स्वाभाविक र न्यायपूर्ण पनि हो । वर्तमान समयमा नेपाली राजनीतिमा युवाको प्रवेश, र सक्रिय भूमिकाको अपेक्षा समाजले गर्नु जायज हो । नेपालको वर्तमान राजनीतिक परिवेशलाई हेर्दा अहिले हरेक वडा गाउँपालिकमा युवाहरूको संलग्नता रहेको पाइन्छ । यसरी युवाको सहभागिता धेरै हुनु समाजकै लागि सुखद हो । अव समाजले राजनीतिक दलमा आबद्ध भएका युवाले आफ्नो नेतृत्वले गरेका कमी कमजोरी औँल्याई नेतृत्वलाई सही बाटोमा ल्याओस् भन्ने सोचेका हुन्छन् । समाजले चाहेको अर्काे कुरा के हो भने युवाले राजनीतिक सहिष्णुता प्रदर्शन गरोस् र फरक विचार र सिद्धान्त बोक्ने अन्य दलको राम्रो पक्ष, कार्य र विचारको सम्मान गरी आफ्नै दल भए पनि यदि नराम्रो काम भएमा विरोध गर्न सक्नु पर्दछ । समाजले युवालाइ हरेक पाइला पाइलामा अवसर पाओस भनेर ढोका खुलाउँदै आएको देखिन्छ । सो ढोकावाट २०७४ सालमा वडा नं १६ मा भारी मत ल्याएर वडा सदस्यमा विजय प्रात्त गरेका हुन राजेश गुरुङ (राजु) । गुरुङले पाँच वर्षे कार्य कालमा जनताको विचमा आँखाको नानी बनेका थिए । उनै गुरुङले दुई वर्षमा नेपालले व्यहोर्न परेको कोरोनाको समयमा जनताको मुटु भएर कार्य गरे । कसैको घरमा ज्वोरो आयो सदस्य गुरुङ थर्ममिटर र सिटामल भएर पुग्दथे । कसैको मुखमा माड नपरेको खवर पाएकी राजेश अन्नको झोला वोकेर घरमा जाने उनको दिनचर्या बनेको थियो । वडा नं १६ जति ठूलो भएपनि वाटो, शिक्षा, स्वास्थ्य र युवा रोजगारको लागि उत्तम कदम चाल्ने राजेशले भने । वडा १६ मा भएका सरकारी विद्यालय, पर्यटकीय क्षेत्रलाइ अझ विशेष परिमार्जन गरी आधुनिक मैत्री बनाउने मुल उद्देश्य रहेको पाइन्छ । हरेक बाटोलाइ समय अनुसार परिमार्जन गर्नुको साथै विशेष गरी युवालाइ रोजगारीका ढोका खुलाइ विदेशीने परम्परालाइ घटाउँदै जाने कार्यक्रम ल्याइने गुरुङले भने । बृद्धालाइ पनि विशेष प्याकेज ल्याएर संरक्षण गर्ने कार्यक्रम ल्याइने अध्यक्ष गुरुङले वताए ।
उनै राजेश गुरुङ पोखरा महानगरपालिका वडा नं १६ मा एमालेवाट वडा अध्यक्षमा उठेका छन् । उनै गुरुङ आफ्ना चार सदस्य लिएर केहीदिन अघिदेखि व्यापक रुपमा घरदैलो सुरु गरिराखेका छन् । गुरुङको साथमा क्रमश महिला सदस्यमा राजकुमारी बानियाँ, खुल्ला सदस्य द्धयमा रामचन्द्र आचार्य, रामकाजी गुरुङ, र दलित महिला सदस्यमा मञ्जु नेपाली लगायत सायौ कार्यकर्ता लिएर घरदैलो कार्यक्रमलाइ आइतवार सम्म जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस्