Pokharapatra National Daily

कविता कोर्दा कोर्दै राजनीति यात्रामा किरण

आफन्त चिन्ने, वोल्ने केही वुझ्ने भएदेखि नै उनी सवैलाइ नमस्कार गर्दै हिड्ने, दुइ चार जना मानिसको भिड देख्यो कि कविता वाचन गर्ने । ठुला ठुला नेता वोलेको देख्यो कि दङ्ग परेर सुन्ने । नेता वोलेर ताली बझाएको दृश्यमा रमाउँथे । बिद्यालयमा पाईला टेकेदेखि नै पढाइमा ध्यान दिन्थे नै । तर फुर्सद मिल्यो कि गुरु गुरुआमाले कसरी यति धेरै वोल्न सक्नु हुन्छ भनी टोलाउँथ्ये । नानीदेखि लागेको बानीले नै अहिले युवा नेता किरण वराल सवैका लोकप्रिय र प्रष्ट बक्ताको रुपमा परिचित बन्दै गएका छन् । पोखरा– १३ निवासी किरण वराल बाल कल्याण बोडिङ्ग स्कूलमा कक्षा ८ मा पढ्दादेखि थाह पाएसम्म नेपाली कांग्रेसको कुनै पनि आमसभामा कविता वाचनमा पुग्दथे ।
नेपाली काँग्रेसको झण्डा देख्यो कि जिन्दावाद पहिला वाक्यो थियो किरणको । जिन्दावाद जिन्दावाद भन्दा भन्दै कवि रुपी किरण वि.स २०५६ सालको संसदीय निर्वाचनमा कांग्रेस नेता महादेव गुरुङलाई जिताउन आयोजित सभाहरुमा समेत कविता वाचन गर्दै हिंडेका थिए । सोही समयमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको उपस्थिति भएको चिप्लेढुङ्गाको आमसभामा गिरिजाकै अगाडि कविता वाचन गरे किरणले । आठ कक्षामै किरणको कविता सुनेर सभापति गिरिजा दंग परेका थिए । लगत्तै महादेव गुरुङले विजय प्राप्त गरे । कांग्रेस नेतृत्वको सरकार बन्यो । गिरिजाले किरणको त्यो प्रतिभालाइ मुल्याकंन गर्दै कक्षा ८ पढ्दा–पढ्दै अन्तर्राष्ट्रिय सम्मेलनमा जाने अवसर मिलाइदिए । जुन सम्मेलन पाकिस्तामा भएको थियो । पर्वतारोहण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट तीन जना विद्यार्थी मध्य एक हुन किरण । कांग्रेस निकट नेपाल विद्यार्थी संघमा नजिकएपछि किरण स्ववियु सदस्यमा उठे तर चुनाव हारे । केही समयपछि फेरी कांग्रेस र प्रजातान्त्रिक कांग्रेस एकिकरण भएपछि स्ववियुको फेरी निर्वाचन आयो ।
सो निर्वाचनमा पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका लागि किरणले २०६३ मा टिकट पाए । तर उनी उम्मेदवार उठ्न मिलेन । किनकी उच्च शिक्षा अध्ययन गर्नको लागि किरण अष्ट्रेलीया जाने तयारीमा जुटेका थिए । सानै वाट मनकारी स्वभावका किरणले पाएको स्ववियु सभापतिको टिकट रामप्रसाद अधिकारीलाई बुझाए । तर आँफु चुनावभरी प्रचारप्रसारमा रातदिन खटिएको अझै पनि झलझली याद आउने किरणले बताए । सन् २००९ सालमा अष्टिे«यलीय छिरेका किरणलाइ आफ्नै समाज र देशको मायाले तड्पीय पछि आफ्नो पढाइ सकिए लगतै २०१७ मा नेपाल फर्के ।
अष्ट्रेलियामा रहेपनि उनले कांग्रेससँग आवद्ध भएर आफ्नो कार्यलाइ निरन्तरता दिइरहे । त्यहाँ बस्दा पनि कांग्रेस निकट जनसम्पर्क समितिको महामन्त्री भएर काम गरेको अनुभव छ किरणसँग । अष्ट्रेलियामा ८ बर्ष बसी लिएको ज्ञानलाइ नेपाल आएपछि किरणले राजनीति र पर्यटन व्यवसायी सँग सँगै लगेका छन् । कांग्रेसको गएको अधिवेशनमा कास्कीबाट सर्वाधिक मत पाएर प्रदेश प्रतिनिधी बनेका छन् किरण । उनै किरण पोखरा महामनगरपालिका वडा नं १३ मा कांग्रेसका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । वडालाई महानगरपालिकाको पहुँचमा पुर्याउने मुख्य गुरु योजना बुनेका छन् किरणले । महानगरपालिकाका वडा मध्ये उत्कृष्ठ वडा बनाउने उद्देश्य बोकेर रातदिन जनतासँग मत माग्दै हिंडेका छन् किरण । आठ वर्ष अस्ट्रेलियामा उच्च शिक्षा हाँसिल गरेर नेपाल फर्केका किरणले बिदेशमा देखेका बिकासलाइ आफ्नै वडावाट सुरु गर्ने योजना सुनाए वरालले ।
वडा १३ का मुख्य समस्याहरु मध्य बाटो, पानी, स्वास्थ, शिक्षा क्षेत्र लगायतका समस्याहरु जनताले विहान उठेदेखी बेलुका सुत्ने समय सम्म अनिवार्य आवश्यकीयलाइ सहज र प्रविधि मैत्री बनाउने किरणले प्रतिवद्धता सुनाए । अझ विशेष गरी बृद्धबृद्धाको सुझाव र युवाको योजना अनुरुप आँफुले वडालाई ५ बर्षमा उत्कृष्ठ बनाउने किरणको मुल मन्त्र छ । उनै किरण वरालको साथमा क्रमश महिला सदस्यमा सुचित तमाङ्ग, दलित सदस्य रजनी परियार, खुला सदस्य द्धय सरीफ अलिमियाँ, र बल वहादुर बराल लगायत सायौ कार्यकर्ता सँगै शुभचिन्तकहरु घरदैलोमा हिड्ने क्रम जारी रहेको नेपाली काँग्रेस वडा १३ इकाइका सचिव सुदिप गुरुङले पोखरापत्रलाइ वताए ।

प्रतिकृया दिनुहोस्