Pokharapatra National Daily

शिक्षाप्रेमी बराल मत माग्दै घर–घरमा

धर्तीमा जन्मेपछि हरेक व्यक्ति आफ्नो परिवार र समाजमा असल बन्दै वडा, जिल्ला, प्रदेश र राष्ट्र बनाउनको लागि सवै भन्दा पहिला शिक्षा आबश्यक पर्दछ ।
शिक्षाको महत्व बुझे मात्र त्यसको आबश्यक महशुस हुदैछ । कुनै समाजमा सम्मानित व्यक्ति भएर जिउनको लागि शिक्षाले सवै भन्दा ठूलो भुमिका खेलको हुन्छ । हरेक टोल टोलमा जाँदा तपाईंलाइ सम्मानको गुच्छाले स्वागत हुन्छ जसको पछाडि तपाईंको शिक्षा हो । हरेकलाइ आफ्नो जीवनको जति महत्व छ त्यतिनै शिक्षाको पनि महत्व छ । आँफुसँग शिक्षा भएमात्र अरुलाइ शिक्षा दिन सकिन्छ । त्यही शिक्षाले तपाईंको भविष्य कोर्दछ । कुनै पनि शैक्षिक क्षेत्र, सामाजिका क्षेत्र साथमा राजनैतिक क्षेत्रमा समेत तपाईंको शिक्षाले ठुलो भुमिका खेल्दछ । भुमिका मात्र नभै तपाईंलाइ हरेका क्रियाकलापमा शिक्षालो प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जीवन्त सहयोग गर्दछ । विस. २०३९ मा उत्कृष्ट अंक ल्याएर फलामे ढोका पार गरेका बसन्त वराल(राजु) । ४० सालमा यस क्षेत्रकै सवै भन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन भर्ना भए वराल । सोही सालमा युथ लिग संगठितमा आवद्ध भइ अगाडि बढेका वराल २०४५ सालमा आर्वा गाउँ पर्टी सक्रिय दलको सचिव बनी गहन भुमिका निर्भाह गरे । उनै वराल २०४७ सलामा तत्कालीन नेकपा माले गाउँ कमिटीको संस्थापक सचिव भनेर आफनो ज्ञानमा डुवेर उदाहरणीय कार्य गर्न सफल भए । कतै इन्चार्ज कतै सदस्य बन्दै २०६४ सालमा निर्वाचन क्षेत्रीय कमिटीको क्षेत्र नं २ को अध्यक्ष पदमा बसी पार्टीलाई दिन रात कसरी राम्रो बनाउने हुटहुटीमा बगे । उनै वराल हालसालै गण्डकी प्रदेश कमिटीको सदस्य भइ नेकपा एमाले पार्टीले दिएका जिम्मालाई पुरा गर्न वडा न १३ को घरदैलोमा आफ्नो अध्यक्ष पद सँगै चार सदस्यहरुलाई घर घरमा पुगी मत माग्दै हिंडेका छन् ।वडा १३ लाई महानगरपालिकाको अवधारणा अनुसार व्यवस्थित शहर र सुविधा सम्पन्न बनाउने योजनमा रहेको वरालले भने । यहाँ रहेका सरकारी विद्यालयलाई संख्यात्मक नभै गुणात्मक बनाइ हरेक विद्यार्थीलाइ स्वदेशमा रहने वातवरण सिर्जन गर्नेमा विशेष कार्यक्रम ल्याउने अध्यक्ष वरालले जानकारी गराए ।
रतन पाण्डे मावि व्यवस्थापन समितिको अध्यक्षमा दुई वर्ष कार्यकाल गरेका वराल दुई विषयमा स्नातकोत्तर गरेका छन् । उनै वरालले शिक्षा नै सवै भन्दा ठूलो धन भएकोले आज सम्म आर्जन गरेको शिक्षालाइ पस्कदै नयाँ पुस्तालाई प्रविधि र व्यवहारमुखी बनाउन विशेष कार्यक्रम ल्याउने भने । वडालाइ अझै व्यवस्थित रुपमा विकास गर्नका लागि आर्वामा रहेको माहा प्रभु धामलाई पर्यटन क्षेत्रमा विकास गर्नको लागि व्यवस्थित पार्क बनाउने बसन्तले जनकारी दिए ।
वर्षा याममा ठूलो समस्या परेको १३ वासीको चिन्ताको समाधानको लागि काहुँखोला संरक्षणको लागि डिपीआरलाई अगाडि बढाइ बाँकी कार्यलाइ अझै राम्रो बनाउने वरालले भने । वडामा फरक क्षमता भएकालाई संरक्षण गर्ने र बृद्धाहरुलाइ दिवा सेवा संचालन गरी वैज्ञानीक ढंङ्गले कार्यक्रम व्यवस्थापन गरिने प्रतिवद्धता वरालको छ । उनै शैक्षीक क्षेत्रमा अब्बल पोखरा महानगरपालिका वडा नं १३ मा एमालेवाट वडा अध्यक्षको उम्मेदवार बसन्त वरालले आफ्ना चार सदस्य लिएर शनिवार पनि घरदैलो कार्यक्रमलाइ जारी राखेका छन् । बरालको साथमा महिला सदस्यमा कृष्णकुमारी गुरुङ, दलित महिला सदस्य कमला विक, खुल्ला सदस्य निलकण्ठ सिग्देल, र अमजत अलिमियाँ पनि दिनदिनै घरदैलोमा व्यस्त छन् ।

प्रतिकृया दिनुहोस्