Pokharapatra National Daily

वडा २ का अध्यक्ष शाहको साथमा जनता

नेकपा एमाले पोेखरा–२ ले विहीवार वडाका हरेक टोल टोलमा पुगी मतदातासँग भेटघाट गरेको छ । पाँच उम्मेदवारसँगै कार्यकर्ता र शुभेच्छुकको उल्लेखनिय उपस्थितिमा वडाका टोलमा पुगी मतदातासँग भेटघाट गरिएको हो । घरदैलो गरिरहँदा वडाका उम्मेदवारहरुलाई मतदाताले खादा र अविरसहित जितको मनग्य शुभकामना समेत दिए ।
वर्तमान समयमा युवाशक्ति रोजगारीको खोजीमा र अध्ययनका लागि दिनानु दिन विदेश यात्रामा लामबद्ध भएका छन् । त्यो लाम बद्धलाई रोकी युवाको जोश र ऊर्जालाई विकास निर्माणको कार्यमा सदुपयोग गर्न विशेष कदम चाल्ने वडा नं २ का वडा अध्यक्ष पदमा उठेका उम्मेदवार दिपक शाह वताउँछन् । २०५५ सालमा स्ववियूको सदस्य समेत बनेका शाह २०६१ सालमा अखिल केन्द्रिय राष्ट्रिय पार्षद सदस्यमा समेत राम्रो जिम्मेवारी निभाएका छन् । पृथ्वीनारायण क्याम्पसमा गम्भिर घाइतेको रुपमा परिचित नाम हो दिपक शाह । २०७४ सालमा वडा कमिटि हुँदै २०७८ सालमा वडा २ मा इकाइ अध्यक्ष बनेका थिए । राजनीतिमा चिरपरिचित शाह आफ्नो वडामा उपभोक्ता समिति, टोलविकास संस्थामा अध्यक्षको भुमिका निर्भाह गर्दै आएका छन् ।
राजनीतिमा लम्केका शाह शिक्षा क्षेत्रमा पनि लामो अनुभव बटुल्दै प्याव्सन कास्कीमा कार्यसमिति सदस्य समेत समालेका छन् । युवा वर्गको क्षमताको उपयोग, क्षमता र दक्षता अभिवृद्धि, रूचि अनुसारको कार्यअवसर तथा लगानीको वातावरण सृजना गरेर युवालाई राष्ट्रको विकासमा प्रयोग गुर्नको लागि उम्मेदवार दिएको भन्छन् शाह । विशेष गरी जनमैत्री र प्रविधि वडा बनाएर जनतालाइ छिटो छरितो सेवा दिने मुल मन्त्र को शाहको । आफ्ना वडा भित्र रहेका मठ मन्दिर, बसपार्क, नेवारी बजारलाइ अझै व्यवस्थित र संरक्षण गरेर अगाडि बढ्ने शाहले भने । ४७ वर्षिय शाह बाटोमा हिड्ने हरेक नागरिकलाइ स्वास्थ्यमा असर नपरोस भनेर सार्वजनिक शौचालयको पनि व्यवस्था गर्ने सोचमा डुवेका छन् । पोखरा महानगरपालिका वडा नं २ मा वडा अध्यक्षमा उठेका दिपक शाह आफ्ना चार सदस्य लिएर दिन दिनै हरेक मतदातासँग भोट माग्ने कार्यक्रमलाइ जारी राखेका छन् । शाहको साथमा महिला सदस्यमा उर्मिला पराजुली, दलित महिला सदस्यमा हरिमाया परियार, खुल्ला सदस्य जनार्दन सुवेदी, र मंगल साइ छन् । उल्लेखनीय सहभागितामा घरदैलो कार्यक्रम केही दिन अघि देखि आजसम्म जारी रहेका छ ।

प्रतिकृया दिनुहोस्