Pokharapatra National Daily

हिजोको नेतृत्व असक्षम भएकाले गठबन्धन गरयौंः धनराज

पोखरा महानगरका मेयरपदका उम्मेदवार धनराज आचार्यले घोषणा पत्रका हरेक शब्द ईमान्दार तरिकाले पालना गर्दै मेयरको वडामा विकास गर्ने प्रतिबद्धता जनाएका छन ।
पोखरा २८ कालिकामा विहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतका घोषणा पत्रमा भएका कुराको पालना नगरेकै कारण आज फरक तरिकाले आउन बाध्य भएको उनले सुनाए । ‘हामी घोषणापत्रको अक्षरशः पालना गर्नेछौं । यसअघि घोषणापत्र पालना नगरेकै कारण आज यो अवस्था आएको हो’, उनले भने, ‘हिजो घोषणापत्र इमान्दारी पुर्वक पालना गरेको भए हामी यहाँ हुने थिएनौं । हिजोको नेतृत्व असक्षम र जनताप्रति इमानदार नभएका कारण गठबन्धन गरेका हौं ।’ यहाँ खानेपानीको पनि समस्या छ, त्यो यहाँको मात्र होइन अन्य ठाउँमा पनि समस्या छ । आफ्नो नागरिकलाई पानी समेत पिलाउन सक्दैन भने राज्यको के काम ? उनले प्रश्न गर्दै भने,‘घरघरमा धारा त आयो तर पानी आउन सकेन ।’ उनले पानी सामान्य आधारभुत आवस्यकता पाँच वर्षमा दिन नसक्नु निकै लज्जाको विषय भएको बताए ।
उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले आफू नजिकैको वडावासी भएकाले पोखरा २८ को विकासको साक्षी भएको बताईन् । उनले लामो समयदेखि कालिका माझठाना पूर्वाधारमा पछि परेको टिप्पणी गरिन् । कालिकाको एउटा मात्र चिल्ला बाटो हेरेर होईन पाखा, पखेरा र टोल टोलको विकासको मूल्यांकन गर्दै वैशाख ३० मा भोट गर्न आग्रह गरिन् । महिलामैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री महानगरपालिका बनाउने आफ्नो योजना रहेको पनि उनले सुनाइन् । नेपाली कांग्रस कास्कीका सभापती किशोरदत्त बरालले विकासका लागि राजनीतिक नाराको पछि लागेर नहुने बताए । उनले पाँच वर्षमा राजनीति नाराको पछि लाग्दा कालिकाका स्थानीयले पाउनुपर्ने विकास नपाएको उनको भनाई थियो । नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य श्रीनाथ बरालले संविधान जोगाउन र अग्रगामीको अन्त्य गर्न गठबन्धन गरेको बताए । ‘हामिले किन बिद्रोह ग¥यौं । विगतमा हामीले दुईतिहाई मत पायौ तर घोषणा पत्र अनुसार काम हुन सकेन,’ उनले भने, ‘पार्टीमा हामिले समस्याका कुरा उठायौंं तर पार्टी भित्र गुट उपगुट गर्ने, राम्रो कुरा नसुन्ने । सही कुरा गर्दा बेवास्ता गरियो त्यसैले गठबन्धन ग¥यौं ।’ अब प्रदेश र संघमा पनि गठबन्धनबाटै जानुपर्ने उनको धारणा थियो । घरदैलौ कार्यक्रममा नेपाली कांग्रेसकी महासमिति सदस्य सरस्वती गुरुङले आफ्नै पार्टीले अनावश्यक दबाब दिएर मानबहादुर जिसी अस्वस्थ भएको दाबी गरिन् । जिसीलाई स्वास्थ्य लाभको कामना गर्दैै स्वस्थ्य हुँदा पनि कुनै देखिनेगरी काम गर्न नसकेको उनले टिप्पाण्ी गरिन् । आफ्नै वडाको विकास नहेरेका कारण पनि यसपटक गठबन्धनले नतृत्व लिनुपर्ने भन्दै स्थानियलाई धनराज र कोपिलालाई मत दिएर बिजयी गराउन आग्रह गरिन् ।

प्रतिकृया दिनुहोस्