Pokharapatra National Daily

गठबन्धनका आचार्य र एमालेका थापाले पोखराको मेयरमा दिए उमेदवारी

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पोखराको मेयर पदमा गठबन्धनका धनराज आचार्य र नेकपा एमालेका कृष्ण थापाले उमेदवारी दिएका छन् ।
आचार्य नेकपा एकीकृत समाजबादी कास्कीका अध्यक्ष हुन भने थापा गण्डकी प्रदेश सभा सदस्य एवं पोखराका मेयर समेत हुन् । नेकपा एमालेले दीपक पौडेललाई मेयरको रुपमा अघि सारे पनि एकाएक सामाजिक संजालमा एक सुन पसलबाट सुन चोरेको भनिएको भिडियो भाइरल भएसंगै एमालेले पौडेललाई दिएको टिकट खोसेर थापालाई दिएको एक नेताले गुनासो गरे ।
गठबन्धनमा पनि पोखरा महानगरका वडाहरु तथा कास्कीका ४ गाउँपालिका मिलाउने भनेर बसेको बैठक निष्कर्ष विना टुंगिए पछि नेपाली कागें्रसले आइतबार बेलुकाबाटै कास्कीमा गठबन्धन हुन नसक्ने जनाएको छ ।
पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनका आचार्य मेयरमा र उपमेयरमा नेपाली कागें्रसकी कोपीला रानाभाटले उमेदवारी दर्ता गरेएकी छन् । यता नेपाली कागें्रसका दुई जनाले मेयर पदमा बागी उमेदवारी दिएका छन् । कांग्रेस कास्कीका पूर्व कोषध्यक्ष ऋषि सापकोटा र पार्टीका सक्रिय सदस्य विमलबहादुर कार्कीले बागी उमेदवारी हालेका हुन् । गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरु दलको चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूहरुले उम्मेदवारी दिएको कार्की र सापकोटाले प्रतिकृया दिएका छन् ।
एमाले कास्कीका अध्यक्ष समेत रहेका थापाले प्रदेश सभा सदस्यबाट राजिनामा दिएसंगै अब सदनमा प्रदेश सभा सदस्यको संख्या ५८ हुने भएको छ । यस अघि राष्ट्रिय जनमोर्चाका कृष्ण थापालाई सदनले बर्खास्त गरेको थियो । एमाले, काग्रेंस लगायतका पार्टीले बाजा गाजा सहित मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय अघि पोखरा सहिचोकसम्म गएका थिए । सोमबार साँझसम्म पोखराको मेयर बन्नका लागि २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने ९ जना उपमेयरका लागि उमेदवारी दर्ता गराएको पोखरा महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए । राजनीतिक दल, सहितका स्वतन्त्र गरी २४ जनाले मेयरमा तथा ९ जनाले उपमेयरमा नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । आइतबार पहिलो दिन पोखराको मेयरको लागि ११ जनाको उमेदवारी परेको थियो ।

प्रतिकृया दिनुहोस्