Pokharapatra National Daily

जता पनि जान मिल्ने आन्दोलन

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षको दवाव पछि कांग्रेस आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको हो । पुष्प कमल दाहाल (माधवकुमार नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि पुस२० गते देखि माघ २५ गते सम्म सडक आन्दोलन घोषणा गरेको छ।नेपाली कांग्रेसले अन्य दलसँग मिलेर आन्दोलनमा जानू भन्दा एक्लै जाने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले पुस २५ गतेदेखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्म विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ। काङ्ग्रेसले सार्वजनिक गरेका कार्यक्रम निर्वाचन लक्षित छन । कांग्रेसले पहिलो चरणमा देशभरका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ। त्यसैगरी माघ ३ गतेदेखि देशभरका ७५३ स्थानीय तहमा आन्दोलन हुनेछ भने माघ ८ गते सम्पूर्ण वडास्तरमा प्रतिनिधिसभा विघटनको विरोधमा कार्यक्रम हुनेछन् ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यसलाई असंवैधानिक कदम भन्दै आएको छ । यसअघि यसको विरोधमा कांग्रेसले पुस १३ गते देशव्यापी प्रदर्शन गरेको थियो । पुस ७ गतेबाट बसेको केन्द्रीय समिति बैठक केही दिन स्थगीत भएर आइतबार पुनः बसेको बैठकले “तँ कुटे जस्तो गर,म रोए जस्तो गर्छु “भन्ने किसिमका छन। पुस २७ गते बस्ने केन्द्रीय समिति बैठक पछि कांग्रेसले कुन बाटो समात्छ भन्ने संकेत गर्नेछ । के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य हो भन्ने नेपाली कांग्रेसले प्रष्ट पारिसकेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य हो भन्ने कांग्रेसको ठहर छ ।
नेपाल कम्युनिष्ट पार्टीको के.पी. शर्मा ओली नेतृत्वको सरकारका कारण मुलुकमा उत्पन्न गम्भीर र असहज परिस्थितिमा नेपाली जनता सामु बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन नेपाली कांग्रेसले आफ्ना सबै प्रयत्न केन्द्रीत गरिरहेको छ । के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने निर्णय गरेपनि प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिएको छैन । पुस २५ गते शनिबारका दिन ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने । माघ ३ गते शनिबारका दिन देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने । ८ गते बिहीबारका दिन देशैभरका ७५३ पालिकाहरुका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने कार्यक्रम सर्वोच्चले विघटन सदर गरे चुनावी तयारीका लागि हुने र पुनर्स्थापना गरे हाम्रो आन्दोलनका कारणले भएको भन्ने जता पनि जान मिल्ने खालको छ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...