Pokharapatra National Daily

विश्व शान्ति कायम गर्न हिन्दु राज्य आवश्यकः शंकराचार्य

पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोटमा आइतबारदेखि महायज्ञ सुरु भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा यही वैशाख १२ गतेसम्म संचालन हुने उक्त महायज्ञको उद्घाटन उध्र्वाम्नाय श्री काशी सुमेरु पीठाधीश्वर जगतगुरु शंकराचार्य स्वामी नरेन्द्रनन्द सरस्वती जी महाराजले गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले विश्वमा शान्ति कायम गर्न सनातन धर्मले महत्वपूर्ण भुमिका खेल्ने बताउदै नेपाल जस्तो देश हिन्दु राज्य हुन आवश्यक भएकोमा जोड दिए । केही समय अघि नेपाल हिन्दु राज्य भएको उल्लेख गरेका उनले नेपालको राजनीतिक परिवर्तनले गर्दा हाल नेपालमा अझै दिगो शान्ति कायम हुन नसकेको शंकराचार्यको भनाई थियो । ८५ प्रतिशत हिन्दु धर्म मान्ने व्यक्तिहरु भएको देश नेपाल नेपाल हिन्दु राज्य हुँदा संसारबाट नेपालको छुट्टै पहिचान भएको शंकराचार्यले बताए । शान्ति सन्तुलन कायम गर्न पनि सनातन धर्म आवश्यक भएको उनको भनाई थियो । विश्वमा शान्तिको सन्देस दिनका लागि सनातन धर्म र हिन्दु धर्मले महत्वपूर्ण भुमिका खेल्ने शंकराचार्यले जनाए ।
पोखरा महानगरपालिकाका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले उक्त बिशाल महादेव मुर्ति निर्माण परियोजना सम्पन्न गर्न सवै सहयोग आवश्य भएको बताए । ब्रह््रकुमारी इश्वरीय बिश्वबिद्यालय पार्दी शाखाकी अप्सरा दिदीले पछिल्लो समयमा मानिसले आफ्नो धर्म संस्कृति भुल्दै गएकोमा चिन्त्ता व्यक्त गरिन् । यस अघि पोखरा महानगरपालिका वडा नम्बर २२ को वडा कार्यालय अगाडीबाट शोभा यात्रा सुरु भएको र्याली, धारापानी, स्वाँरा, लुकुन्श्वारा, डाँडाथोक हुदै महायज्ञ स्थलमा पुगेर समापन भएको प्रकाश बरालले बताए । र्यालीमा ओम शान्तिका पदाधिकारी, विकास मुलक आमा समुह, ढलेपिपल आमा समुह, संकल्प आमा समहु(पार्दी), वासपानी आमा समुह, घुम्ती आमा समुह लगायतका आमा समुहरुको सहभागिता रहेको थियो । पुम्दीकोट बिशाल महादेवको मुर्ति परियोजना अन्र्तगत अधुरा कार्य सम्पन्न गर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकोले उक्त भुत्तानी गर्नको लागि पनि पुनः दोश्रो पटक महायज्ञ आयोजना गरिएकोे समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । परिमार्जीत परियोजना अन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म बिद्युतीय चियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यबस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको अध्यक्ष बरालले बताए । ४० करोडको उक्त परियोजना अन्र्तगत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो बिशाल डम्मरु, बिशाल महादेवको बिशाल क्षेत्र कुण्ड(गंगा पोखरी), १ सय ८ स्वर्गद्धारी सिढि निर्माण भएको उनले जनाए । त्यसै गरी एक सय ८ धारा सडित तेश्रो आँखा, २ सय १६ शिव लिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्यि ध्यान केन्द्र, मनोरेलद्धारा गणेश परिक्रमा, फुलमाला बिक्रिको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकिय भवन, सौचालय लगायतका भौतिक संचरना निर्माण भएको अध्यक्ष बरालले बताए । उक्त परियोजनाको करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको उनले जनाए । ९ दीन चल्ने महायज्ञमाबाट करिब ६ करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ भने उक्त महायज्ञ सम्पन्न गर्न करिब ७० लाख खर्च लाग्ने भएको अध्यक्ष बरालले बताए । मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका छन् । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन गरिने भएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए । यस अघि २०७३ फागुन ३ देखि १३ गतेसम्म संचालन भएको महायज्ञबाट ६ करोड २८ लाख नगद सहित २० रोपनी जग्गा प्राप्त भएको समितिले जनाएको छ । पर्यटन प्रबद्र्धनको लागि पुम्दीकोट बिशाल महादेव मूर्ति निर्माण हाम्रो अठोट, समृद्दि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने नाराका साथ आयोजना हुने महायज्ञमा पोखराको मुख्यबजारबाट महोत्सव स्थलसम्म जान आउनको लागि निशुल्क बस सेवाको व्यबस्था गरिएको अध्यक्ष बरालले बताए ।

प्रतिकृया दिनुहोस्