Pokharapatra National Daily

स्याङ्जामा जीप दुर्घटनामा परी ५ जनाको मृत्यु, ६ जनाको पोखरामा उपचार हुदै

श्रीकृष्ण सिग्देल/

स्याङ्जा, बैशाख ४

स्याङ्जाको वालिङमा भएको जीप दुर्घटना परी आमाछोरा सहित ५ जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका १२ सिर्सेकोटबाट वालिङ १३ को बाँयटारी बजार तर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्वरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा वालिङ् नगरपालिका १२ डाँडाखर्कका २५ बर्षिय शर्मिला सारु र उनको ७ महिनाको छोराको मृत्यु भएको छ । सोही ठाँउका ६५ वर्षका बिरबहादर डाला मगर, वर्ष ४५ की हिराकुमार डाला, वालिङ नगरपालिका १४ की वर्ष ६१ की कुलकुमारी कनौचे रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ४ जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका ६ जनाको गह्रौं प्राथमिक अस्पताल वालिङमा प्रथामिक उपचार पछि थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक पदमराज थापाले जानकारी दिए । दुर्घटनामा परी गम्भिर घाईते हुनेमा वर्ष ६० का अंगबहादुर डाला, ५७ का दलबहादुर डाला, वर्ष ५५ की मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, वर्ष १९ की लक्ष्मी डाला र वर्ष १८ की नविना सारु रहेको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ । ओरालो सडकमा ब्रेक फेल भएर जिप दुर्घट्ना भएको प्रहरीको अनुमान छ । जीप सडकबाट झण्डै २ सय मिटर तल झरेर चिलाउनेको रुखमा अड्किएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । जिपमा ११ जना सवार रहेका बताईएको छ ।

प्रतिकृया दिनुहोस्