Pokharapatra National Daily

खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु

पोखरामा बुधबारदेखि सुरु भएको २० औं संस्करणको नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप अन्र्तगत बुधबार भएको पहिलो चरणको सोलो ओभरअलमा समान ३÷३ अंकका साथ नेपाली सेनाका सागर जलारी र बिष्णु तिमिल्सिना अग्र स्थानमा रहेका छन् ।
महिला तर्फ ५० अंकका साथ दुर्गा माया गुरुङ अग्र स्थानमा रहेकी छन् । जलारी र तिमिल्सिना भन्दा एक अंकले पछि परेका बिशाल थापा ४ अंकका साथ दोश्रो स्थानमा रहेको हवाई खेलकुद संस्था नाका प्राविधिक उपाध्यक्ष एवं प्रतियोगिताका निर्णायक समितीका सह–संयोजक अनिल केसीले बताए । टेण्डम ओभरअलमा २ अंकका साथ शिव थापा अग्र स्थानमा, ३ अंकका साथ सुवास थापा दोश्रो स्थानमा रहेका छन् ।
उक्त प्रतियोगितामा ८ जना महिला सहित ७७ जना प्याराग्लाईडिङ पाइलटहरु सहभागी भएको नाले जनाएको छ । शुक्रबारसम्म पोखरामा संचालन हुने उक्त प्रतियोगिताको एक समारोहका बिच गण्डकी प्रदेशका सांसद राजीव पहारीले उद्घाटन गर्दै उक्त प्रतियोगिताले पोखराको पर्यटन प्रबद्र्धन गर्न मद्धत पुग्ने बताए । पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल निर्माण भएसंगै अब पोखराको प्याराग्लाईडिङलाई समयको आधारमा व्यबस्थापन गर्नुपर्ने उनले बताए । सांसद पहारीले भने “पोखराको बसाई अवधि लम्बाउने एउटा राम्रो प्रोडक्ट सहासिक खेल प्याराग्लाईडिङ विमानस्थलको कारण बिस्थापित भए पोखराको लागि ठुलो क्षेति हुने छ ।” कार्यक्रममा वोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले कोरोनाबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई यस्ता सहासिक खेल गतिविधिले थोरै भए पनि पुनरुउथान गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे । सांसद पहारीेले पाइलटलाई ग्लाडर हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ भएको थियो । प्रतियोगितामा ३७ जना टेण्डम (व्यवसायीक प्याराग्लाईडिङ) पाइलट र ३२ जना लोसो(सिक्दै गरेका पाइलट) को सहभागिता हुने भएको नाका प्राविधिक उपाध्यक्ष एवं प्रतियोगिताका निर्णायक समितीका सह–संयोजक अनिल केसीले बताए । यस पटक एक्युरेसी तर्फको प्रतिष्प्रर्धा हुने भएको प्रतियोगिताका संयोजक बलराम आचार्यले बताए । महिला÷पुरुष तथा टिम तर्फ गरी ७ वटा इभेण्टमा प्रतिष्प्रर्धा हुने भएको संयोजक आचार्यले जनाए । प्याराग्लाइडिङको एक्युरेसी तर्फ लोसो ल्याण्डिङ् ओभरअलको प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने खेलाडीले क्रमशः नगद ५०, ३०, २० र १० हजार प्राप्त गर्ने भएको छ । सोही विधामा महिलातर्फ भने प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैया प्राप्त गर्ने भएको संयोजक आचार्यले बताए । त्यसै गरी टिम एक्युरेसी लोसो ल्याण्डिङ ओभरअलमा प्रथम, द्धितिय र तेश्रो हुनेले क्रमशः २०, १५, १० हजार रुपैया पुरस्कार प्राप्त गर्ने भएका छन्। एक्युरेसी टेण्डम ल्याण्डिङ ओभरअलमा प्रथम, द्धितिय र तेश्रो तथा शान्त्वना हुनेले क्रमशः ३०, २०, १०, ५ हजार रुपैया प्राप्त गर्ने भएको छ । त्यस्तै एक्युरेसी टिम टेण्डम ल्याण्डिङ ओभरअलमा प्रथम, द्वितिय र तेश्रो हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैया प्राप्त गर्ने भएको नाले जनाएको छ । एयर शो (एक्रोबेटिक) तर्फ प्रथम, द्धितीय र तेश्रो हुनेले क्रमशः १५, १० र ५ हजार रुपैया प्राप्त गर्ने भएका छन भने वेष्ट कस्टुयुम (गरुणा फन) तर्फ उत्कृष्ट एक जना खेलाडीलाई १० हजार नगद पुरस्कारको साथमा शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरिने भएको नाका अध्यक्ष कृष्ण भण्डारीले बताए । प्रतियोगितामा गण्डकी प्रदेशको राजधानि पोखरा सहित मधेष प्रदेश बाहेक अधिकांश प्रदेशका खेलाडीहरु सहभागि भएको नाले जनाएको छ । विभागिय टीमबाट नेपाली सेनाका खेलाडी समेत सहभागि भएका छन् ।
कोभिड १९ को कारण विगत दुई बर्ष देखि स्थगित उक्त प्रतियोगिता यस बर्ष एकुरेसि तर्फको इभेण्टमा गरिएको अध्यक्ष भण्डारीले जनाए । नाको आयोजानमा यस अघि पोखरा र स्याङजाको स्वरेक मैदानमा प्याराग्लाइडिङको प्रि वल्र्ड कप तथा वल्र्ड कप समेत भई सकेको छ । पोखरामा व्यवसायिकरुपमा सञ्चालन भएका ६० भन्दा वढी कम्पनी रहेको र करिव ३ सय ६६ टेण्डम प्यराग्लाइडिङ पाइलट र कबिर एक सय ४० जना जसो सोलो प्याराग्लाईडिङ पाइलटहरु रहेको तिवारीले जनाए । उक्त प्र्रतियोगितालाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा भएको नाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्