Pokharapatra National Daily

पोखरा–१३ मा समाजवादीको मुक्ति संगठन गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जनवर्गीय संगठन ने.द.मुक्ति संगठन कास्कीले पोखरा–१३ मा आफ्नो संगठन विस्तार गरेको छ ।
मंगलबार भएको वडा भेलाले समाजसेवी नर बहादुर सुनारको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन गरेको छ । उक्त भेलाले उपाध्यक्षमा निर्मल सुनार, सचिवमा मिना सुनार, कोषाध्यक्षमा वम बहादुर सुनार, उपसचिवमा टुक बहादुर रसाइली, सदस्यहरुमा तारा वि.क., जमुना नेपाली, मैता नेपाली, चन्द्रा नेपाली, मनिषा सुनार, पार्वती वि.क., तिलकुमारी सुनार, प्रेम कुमार सुनार, जौमाया सुनार, राधा सुनार आदि चयन भएका छन् ।
उक्त भेलामा पार्टीका पोलिटब्यूरो सदस्य श्रीनाथ बरालले प्रमुख अतिथिको आसनबाट बोल्दै समाजवादी पार्टीले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउनको लागि समाजमा रहेका सबै खाले विभेद र विसंगतीलाई हटाउनु पर्नेमा जोड दिनुभयो ।
मुक्ति कार्यक्रममा विशेष अतिथि मुक्ति संगठनका केन्द्रीय सदस्य एवं कास्कीका अध्यक्ष एल.बि. घतानेले नेपालको संविधानले जातिय विभेदको अन्त्य गरेता पनि यो समाजमा हामीले शिर उचो पारेर बा“च्न पाउने अधिकार केवल कागजमा मात्र सिमित भएको भन्दै हामी हाम्रो हक अधिकारलाई स्थापित गर्नको निम्ति संगठित भएर संघर्ष गर्नुपर्ने बताउनुभयो ।
पार्टी वडा कमिटिका १३ का अध्यक्ष जीत बहादुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी जिल्ला कमिटिका सदस्य काशीनाथ अधिकारी, माहानगर सदस्य प्रदिप भुजेलले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन मिना सुनारले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्