Pokharapatra National Daily

सुवेदीको जन्मजयन्तीमा कृति समिक्षा तथा सम्मान

कम्युनिष्ट नेता कमरेड पुष्पकमल सुवेदीको ७३ औं जन्मजयन्तीका अवसरमा कृति समिक्षा तथा सम्मान एक कार्यक्रमका बिच पोखरामा गरियो ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा बामबुद्धिजिवी रघुनाथ अधिकारीले पुष्पकमल सुवेदी पञ्चायती दमनको अवस्थामा क्रान्तिकारी लहर ल्याउने एक अग्रणी योद्धा हुनुहुन्थ्यो भन्दै उहाँले गाउँका किसान, विद्यार्थीहरुमाझ माक्र्सवादी विचारलाई विस्तार गर्न अथक परीश्रम गरेको जानकारी गराउनु भएको थियो । त्यसैगरि प्रतिष्ठानले प्रकाशित गरेको संचेतना अङ्क ६ को चर्चापरिचर्चा पूर्व क्याम्पस प्रमुख तथा वाम बुद्धिजिवी गेहेन्दे्रश्वर कोइरालाले गर्दै प्रतिष्ठानले वैचारिक पत्रिका प्रकाशन गरेर माक्र्सवादीलाई जीवन्त बनाउने कार्य गरेर समाजमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले पत्रिकामा रहेका लेख रचना स्तरीय र शिक्षाप्रद छन भन्ने कुरामा प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रममा वामपन्थी विश्लेषक झलक सुवेदीले पुष्पकमलका विचारलाई वर्तमान पिंढिले व्यवहारमा उतार्नु पर्दछ भन्ने कुरामा जोड दिंदै गण्डकी धौलागिरीमा कम्युनिष्ट आन्दोलनको विजारोपण गर्न पुष्पकमलको भूमिकाका कारण आजको वाम आन्दोलन यो अवस्थामा आईपुगेको कुरामा जोड दिनुभएको थियो, उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका लेखा आयोग सदस्य झलकपाणी तिवारी, वाम बुद्धिजिवी शेषमणी आचार्य संस्थाका सल्लाहकार नारायण परिश्रमी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष दिवाकार सुवेदी र माले क्रान्तिकारी दलका संस्थापक एवं पुष्पकमलका सहयोद्धा मोदनाथ रेग्मीलाई उहाँहरुले पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो, संस्थाका अध्यक्ष पूर्ण गिरीको अध्यक्षता र सचिव धु्रवकल्पित सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्