Pokharapatra National Daily

इदीमा रोटरीले ल्यायो घर–घरमा धारा

रिठ्ठेखोलाको पानी पिएपछि कयौ पटक भोकै मेटायो । जति पानी खायो उति आँतै फुरुङ्ग हुन्छ बाबु । म ८२ वर्ष भएँ । हामी दिनभरी आली लगाउँथ्यौ अनि रिेठ्ठेखोलका पानी पिएर सयौं पटक वेलुका घर फर्केउँ । यस्तो मिठो पानी आज रोटरी क्लवले घर घरमा ल्याइदियो ।
हाम्रो इदी गाउँमा पानीले काकाकुल भएको बेला इन्द्र भगवान भएर पानी पारिदिएर हामीलाइ खुशी नै खुशी छाएको छ बाबु । इदी निवासी अप्सरा देवकोटा पनि घर घरमा धारामा पानी आएपछि जीवन स्वर्गमय बन्दै गएकोमा खुशी व्यक्त गरिन । बाबु पनि रोटरीका रहिछांै बाबुलाई पनि मेरो आर्शिवाद छ । मादी गउँपालिका इदी बस्ने ८२ वर्षिय दया सागर देवकोटाले शुक्रवार खानेपानी उद्घाटन कार्यक्रमको भेटमा सो कुरा भनेका हुन । रोटरीको सहयोगमा मादी गाउँपालिका वडा नं ४ स्थित इदी देउराली खानेपानी योजना अन्तर्गत निर्माणधिन १६ वटा धारा शुक्रवार उद्घाटन भयो ।
युनिका फाउण्डेसन दी नेदरल्याण्ड्स, रोटरी क्लव अफ पोखरा लेकसाइड र मादी गउँपालिकाको सहयोगमा निर्माण भएको हो । खानेपानी योजनामा १५ घरदुरीको लागि ३१ सय मिटर पाइप प्रयोग गरी १० हजार वरावरको एउटा ट्याङ्की निर्माण भएको छ । रोटरी क्लव अफ पोखरा लेकसाइडका अध्यक्ष हुम आलेले निदरल्याण्डमा इदी भन्ने सुनी आज सोही ठाउँमा धारा उद्घाटन गर्न पाउँदा ज्यादै खुशी लागेको भने । चैत महिनामा पनि धारामा यति ठूलो पानी आउँदा हृदय नै खुशी लागेको भन्दै अध्यक्ष आलेले धारालाई संरक्षण गर्न अनुरोध गरे । जिल्ला समन्वय समिति कास्कीका सदस्य वृहस्पती सापकोटाले पानीको हाहाकार भएको इदी देउरालीमा रोटरीको सहयोगले सवैमा हृदयदेखि नै खुशी छाएको भने । रोटरी क्लव अफ पोखरा लेकसाइडका क्लव एडमिन तथा खानेपानी योजनाका संयोजक शुक्रराज सुवेदीले १४ लाख दुई सय ७० रुपैयाँको लागतमा योजना सम्पन्न भएको जानकारी गराए । ५ लाख ९१ हजार युनिका फाउण्डेशन नेदरल्याण्डवाट,मादी गउँपालिकावाट एक लाख र ७ लाख ७० हजार वरावरको स्थानीयको श्रमदानवाट योजना सम्पन्न भएको संयोजक सुवेदीले भने । उपभोक्ता समितिका संयोजक चन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाउँपालिकाका वडा अध्यक्ष सत्यराज सापकोटा लगायत वोलेको कार्यक्रममा स्थानीय उपभोक्ता समितिका सल्लाहकार खेमराज सापकोटाले स्वागत र उपभोक्ता समितिका सचिव सुभाष सापकोटाले संचालन गरेका
थिए ।

प्रतिकृया दिनुहोस्