Pokharapatra National Daily

पोखरा–३३ मा समाजबादीको मुक्ति संगठन गठन

नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) को जनवर्गीय संगठन नेपाल दलित मुक्ति संगठन पोखरा–३३ मा बुधबार गठन गरिएको छ । उक्त वडा भेलाले बल बहादुर नेपालीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा मिन बहादुर नेपाली, सचिवमा राजेश परियार, उपसचिवमा चन्द्रमणि वि.क., सदस्यहरुमा सुमन नेपाली, अर्जुन वि.क., सा. बल बहादुर नेपाली, शंकर नेपाली, राजु नेपाली, नेत्र बहादुर नेपाली, दामोदर घताने, रामचन्द्र लामगादे, अर्जुन लामगादे, सुनिल वि.क. आदि रहनु भएको छ ।
उक्त भेलामा मुक्ति संगठनका केन्द्रीय उपमहासचिव साथै पार्टी जिल्ला कमिटिका सचिव होम नेपाली प्रमुख अतिथिको आशनबाट बोल्दै संविधानले  हक अधिकार प्रदान गरेतापनि  विभिन्न विभेद खेप्न बाध्य छौं यसको लागि  संगठित भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विशेष अतिथि मुक्ति संगठन कास्कीका अध्यक्ष साथै पार्टी जिल्ला कमिटिका सदस्य एल.पि. घतानेले समाजवादी पार्टीले मात्र समाजका सबै खाले विभेदको अन्त्य गर्दै अग्रगामी दिशा तर्फ अगाडि बढ्ने लक्ष्य लिएको हुँदा हामी सबै यसै पार्टीमा आवद्ध हुनुपर्नेमा जोड दिनुभयो । वडा कमिटि ३३ का अध्यक्ष प्रमोद आचार्यले जातिय विभेद अन्त्यको लागि  सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उक्त भेलामा मुक्ति संगठन कास्कीका कोषाध्यक्ष भेषराज वि.क.ले स्वागत मन्तव्य राख्नुभएको थियो भने मुक्ति संगठन महानगरका सचिव शिवराज पटेलले संचालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्