Pokharapatra National Daily

पोखरा वाङ्मय प्रतिष्ठानको शुभकामना आदानप्रदान

पोखरा वाङ्मय प्रतिष्ठानको आयोजनामा नयाँ वर्ष २०७९ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि शिक्षासेवी बालगोपाल अमात्यले नयाँ वर्ष सबैका लागि सुखद् होस् भनी शुभकामना दिए । सो अवसरमा समाजसेवी बोधराज कार्की, अधिवक्ता बोधराज बराल, कलाप्रेमी रामदेवी कुँवर, कृष्णबहादुर कुँवर ‘बटुकृष्ण’, समाजसेवी बलबहादुर सेन्चुरी, साहित्यकार मदन भण्डारी, शिक्षासेवी तुलसीप्रसाद चापागाईं, कमलराज ढुंगाना, विश्वशान्ति कुँवर, वेदप्रसाद पौडेल, उत्तम बस्नेत, संचारकर्मी तिर्सनालक्ष्मी गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षाविद् बालगोपाल अमात्य, संचारकर्मी देवेन्द्र एसके शाही र सपना कुँवरलाई सम्मान गरिएको थियो । अलौकिक कवि देशभक्त सिंह कुँवर प्रतिष्ठानको व्यवस्थापनमा भएको कार्यक्रममा स्वागत पार्वती ढुंगाना र संचालन संचारकर्मी देवेन्द्र एसके शाहीले गरेका थिए । प्रतिष्ठानका संरक्षक, शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर कुँवरले गत वर्ष स्वास्थ्यमा गम्भीर समस्यापछि पोखराबाट हेलिकोप्टरमा काठमाडौं उपचार गर्न जानुपरेको स्मरण गर्दै स्वच्छ भएर बाँच्ने प्रेरणा नयाँ वर्षमा सबैमा मिलोस् भनी शुभकामना दिए ।
कार्यक्रम समापनमा अलौकिक कवि देशभक्त सिंह कुँवर बिरामी हुदाँ हस्पिटलमा मृत्यु सङ्ग लडिरहेको कुरा सम्झिएर भावविह्वल हुँदै अब आउने पछिल्लो कृति दोस्रो जुनि ग्राण्डी हस्पिटलमा गम्भीर अवस्थामा रहदा नै लेख्नु भएको जानकारी दिएका थिए ।
कार्यक्रममा आउनुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै दोस्रो जुनि कविता सङ्ग्रह बाट टाइटल कविता बाचन गर्नु गरेका थिए । २०७९ को असार १ गते आफ्नो जन्मदिनमा उक्त कृति लोकार्पण हुने उनले सबैलाई जानकारी समेत दिएका छन् । सो प्रकाशनका लागि अन्तिम तयारी हुँदै गरेको उनको भनाइ थियो । बिरामी पर्दा भेट्ने तथा विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति उनले आभार व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्