Pokharapatra National Daily

राम बजार नेवाः मिशा पुचः को अधिवेशन सम्पन्न

नेपालीहरूको महान पर्व फागु पूर्णिमाको अबसर पारेर नेवाः मिशा पुचः राम बजारले चौथो साधारण सभा, दोस्रो अधिवेशन र वनभोज कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभा तथा अधिवेशन कार्यक्रममा कास्की नेवाः मिशा पुचः का अध्यक्ष एवं प्रमुख अतिधि मेनुका श्रेष्ठ को प्रमुख अतिथिमा पानसमा दिप प्रज्जलन र राष्ट्रिय बिभुती शंखधर संख्याको तस्विरमा माल्यार्पण गरि कार्यक्रमको उद्धाटन गर्नुहुदै राम बजार क्षेत्रका महिलाहरूलाई समेटि नेवारी संस्कार र संस्कृतिलाई संरक्षणका साथै एक आपसमा शुख दुःखमा आपसी सहयोगात्मक भावना जागरण गराउने उद्देश्यका साथ स्थापना गरि कास्की जिल्लाको ४४ वटा मिशा पुच मध्य ब्यबस्थित त उत्कृष्ट रहेको मिशा पुचको नामले चिनिने रामबजार नेवाः मिशा पुचः भएको बताउनु हुदै जहिले जहाज नि सहयोग र सहभागि हुदै सदस्यहरूको मनोबल उच्च राख्न सफल भएको बताउनुहुदै राम बजारको तायाःमचाःनाचको समेत प्रसंशा गर्नुहुदै राजाको चौतरा लेखनाथमा समेत रामबजार तायाः मचाः नाचका गुरुहरूले तायाः मचाः नाचको प्रशिक्षण दिनुभई राजाको चौतारामा तायाः मचाः नाचको शुरूवात गरिएको बताउनु हुदै साधारण सभा अधिवेशन र बनभोज कार्यक्रम सफलताको शुभकामना दिनुहुँदै नब निर्बाचन पदाधिकारीहरूलाई बधाई दिनुभयो । राम बजार नेवाः मिशा पुचः को चौथो साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रम मा सचिवको प्रतिवेदन सचिव शर्मिला प्रधानाङ्ग श्रेष्ठ र कोषाध्यक्ष को प्रतिवेदन कोषाध्यक्ष कल्पना राजभण्डारीले प्रस्तुत गरिएको प्रतिवेदन माथि छलफल गरि सर्बत सम्मत पास गरिएको उक्त कार्यक्रममा पूर्व राम बजार निवासी हाल अमेरिका निवासी भीमसेन श्रेष्ठले मिशा पुचलाई १० हजार रूपैया सहयोग हस्तान्तर गर्नु भएको कार्यक्रममा रामबजार नेवाः मिशा पुचः को तेस्रो अधिवेशन कार्यक्रममा रामबजार नेवा मिशा पुचः का सल्लाहाकार सम्मर बहादुर श्रेष्ठ को संयोजक, सस्थापक अध्यक्ष समिता रंजीत, सल्लाहाकार चमेली रंजीत र सल्लाहाकार शान्ति तझ्या सदस्य रहेको निर्वाचन मण्डलले २ बर्षे कार्यकालको लागी अम्बिका राजभण्डारीको अध्यक्षतामा १३ सदस्य रहेको समिति गठन गरियो उक्त समितिको उपाध्यक्ष सर्मिला प्रधानाङ्ग श्रेष्ठ, सचिब बिमला ध्वजू, सह–सचिव कल्पना राज भण्डारी, कोषाध्यक्ष लक्ष्मी राजभण्डारी र सदस्यहरूमा निर्मला श्रेष्ठ, सुस्मा श्रेष्ठ, रेशम श्रेष्ठ, ध्रुव श्रेष्ठ, सुनिता श्रेष्ठ, गायत्री श्रेष्ठ, रत्न श्रेष्ठ र पबित्रा श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्बाचन समिति संयोजक सम्मर बहादुर श्रेष्ठले धोषणा गर्नुहुदै निर्विरोध निर्वाचित सबैलाई सपथ गराउनु भएको कार्यक्रममा निर्बाचित सबैलाई माला र टीकाले स्वागत गरिएको थियो ।
उक्त कार्यक्रममा मिशा पुच का सल्लाहाकार सम्मर बहादुर श्रेष्ठ, सस्थापक अध्यक्ष समिता रंजीत र समाजसेबी भीमसेन श्रेष्ठले आ–आफ्नो बिचार राख्नुहुदै नेवारी संस्कार संरक्षण गराउन नेवा समुदायहरू एकजुटभै लाग्नुपर्ने कुरामा जोड दिनुपर्ने बताउनुभयो ।
उक्त साधारण सभा तथा अधिवेशन कार्यक्रममा नेवा मिशा पुचका सदस्य एवं कार्यक्रम संयोजक ध्रुब श्रेष्ठले स्वागत गर्दै कार्यक्रमका बिषयमा जानकारी गराउनुभएको कार्यक्रममा राम बजार नेवा मिशा पुचका अध्यक्ष माया रंजीतको सभापतित्वमा सम्पन्न कार्यक्रम नेवाः मिशा पुचः का सचिव शर्मिला प्रधानाङ्ग श्रेष्ठले संचालन गरेको थियो ।

प्रतिकृया दिनुहोस्