Pokharapatra National Daily

पोखरामा होली पर्व मनाइयो

पोखरामा यस बर्ष विभिन्न संघ संस्था तथा व्यक्तिहरुले हर्स र उल्लाहासका साथ होली पर्व मनाएका छन् ।
रेवान पोखराले आयोजना गरेको होली महोत्सवमा आन्तरिक तथा बाह्यि पर्यटकहरुले हर्स र उल्लाहासका साथ होली पर्ब मनाएका हुन्। गत बर्ष कोरोनाले गर्दा प्रभावित भएको होली पर्व यसपाली भने अघिल्ला बर्ष झै तामझामका साथ होली महोत्सव मनाइएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । एक आपसमा रङ्ग दलेर शुभकामना साटासाट गर्दै मनाइने होली पर्वका अवसरमा रेवानले वर्षेनी गर्दै आएको महोत्सवलाई यसपाली कोरोना शंक्रमण दर घटेसंगै उक्र महोत्सवलाई निरन्तरता दिएको उनले जनाए । विहिबार हुने उक्त महोत्समा स्वदेशी, विदेशी पर्यटक, पर्यटन सम्बद्ध संघसंस्था, प्रशासनिक निकायका प्रतिधिनी, स्थानिय आमा, युवा समुह लगायतको बाक्लो सहभागिता रहेको अध्यक्ष बरालले बताए । पोखराको लेकसाइडमा आन्तरिक र पोखरा क्षेत्रका पर्यटकहरु लेकसाइड मै पुग्दा टफिक प्रहरीलाई समेत व्यबस्थापन गर्न हम्मे हम्मे भएको थियो । ‘दिउँसो अम्मटबाट बाजागाजा सहित खहरे चोकसम्म होली खेल्दै पुगिएको थियो भने पोखराको सेन्टर प्वाइन्टमा पप कन्र्सट समेत भएको थियो । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको थियो । यसैबिच स्थानिय प्रशासनले कसैको इच्छा विपरित विभिन्न ढंगले रग तथा लोला हान्ने गरेमा कारवाही हुने चेतावनी समेत दिएको छ । कोरोनाले गर्दा यस पाली विदेशी पर्यटकको सङख्या न्यून रहेको पर्यटन व्यवसायीहरुले बताएका छन् । यसैबिच विहिबार पोखरा रंगशालामा पनि विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना भएको राष्ट्यि खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले बताए । राष्ट्यि खेलकुद परिषद र पत्रकार बिच भएको मैत्रिपूर्ण खेलमा राखेप विजयी भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले पनि आफ्नो परिसरमा होली पर्व मनाएको सचिव माधव बरालले बताए ।

प्रतिकृया दिनुहोस्