Pokharapatra National Daily

बेमौसममा पनि पोखराको सडकमा भ्वाङ

बेमौसममा पनि पोखराको सडकमा भ्वाङ परेको छ । पोखरा महानगरपालिका कार्यालय अगाडिको अस्फाल्ट सडकमा बुधबार दिउँसो भ्वाङ परेको पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए ।
बेमौसममा पोखराको सडकमा परेको भ्वाङ हाल खनेर अनुसन्धान भई रहेको उनले जनाए । प्रायः भलपानी र बर्षादको मौसममा पोखराका विभिन्न ठाँउमा सिंक होल्ड (भ्वाङ) पर्ने भए पनि हाल पोखरामा बेमौसममा परेको भ्वाङले आफुहरुलाई थप चुनौती भएको प्रवक्ता नेपालीले बताए ।
बेमौसममा पनि पोखराको सडकमा भ्वाङ पर्नु कुनै कुनै अनौठो कुरा नभएको भुर्गवविद् डा.कृष्ण केसीले बताए । पोखराको सडक भित्र ढल पानी पसी माटो बगाएर खोक्रो भएको कारण बेमौसममा पनि सडक भासिएको हुन सक्ने उनको दाबी छ । पोखराको नदीपुरदेखि महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, नयाँबजार, छोरपाटन लगायतको क्षेत्रमा सिंक होल(भ्वाङ) पर्ने समस्या भएको डा. केसीले जनाए ।
उक्त क्षेत्रमा भ्वाङ परेको दृश्य हेर्न बुधबार ठुलो संख्यामा केही समय भिड नै लागेको थियो । पोखरा महानगरलेको जेसिभी लगाएर भ्वाङ खनिएको छ ।

प्रतिकृया दिनुहोस्