Pokharapatra National Daily

लेकसिटी कलेजका विद्यार्थी सामाजिक कार्यमा

सामाजिक कार्य दिवस मनाउन तीन दिन अघिदेखि सामाजिक कार्य अध्ययन गर्ने विद्यार्थीहरुले पोखराका दुइ स्थानमा चटपट स्टल राखेका थिए ।
चटपट स्टलवाट बचेको पैसाले दुइ स्थानमा हालै सामाजिक कार्य दिवसको दिन सहयोग गरेका छन् । केही नयाँ गरेर सहयोग गर्ने भावना राखेर चार दिने चटपट स्टल राखिएको लेकसिटी सलेजमा अध्ययनरत छात्रा नमुना कार्कीले वताइन । गैह्रापाटन र हल्लनचोकमा चटपट बेचेर कमाएको पैसाले छोरेपाटनमा स्थित चाँदनी पशु उथान तथा स्याहार केन्द्रमा केही रकम र मसिनामा अवस्थित मसिना आधारभुत विद्यालयमा खेलकुद सामाग्री वितरण गरि सामाजिका कार्य दिवस मनाए । आफु एक्लैले गरि रहँदा सामाजिक कार्य अध्ययन गर्ने विद्यार्थीले मेहेनत गरेर सहयोग गर्दा निकै खुसी लागेको ाँदनी थापा मगरले भनिन्। त्यसै गरी मसिना आधारभुतका प्रधानाध्यापक गोविन्द प्रसाद बराल भन्छन्,“आफुले ४ दिन सम्म खटिएर कमाएको पैसाले सहयोग गर्नुभएको देख्दा हामी आफुलाई सौभाग्यमानी ठान्छौ“ र थुप्रै विद्यालय मध्य आफ्नो विद्यालयलाई छानेर उनका लागि मेहेनत गरी खेलकुद सामाग्री प्रदान गरेकोमा आभार व्यक्त गर्दै थिए विद्यालय व्यवस्थापनका अध्यक्ष जगन्नाथ तिमिल्सिना । चार दिन अघिदेखी नै विद्यार्थीहरूको सक्रिय सहभागिताले यस कार्यक्रमलाई ठूलो सफलता प्रदान गरेको सामाजिक कार्यकी शिक्षिका रोशिना कुँवर वताइन । राम्रो र नराम्रो छुवाइको भिन्नतालाई चित्रण गर्दै के गरेर बच्न सकिन्छ भन्ने बारेमा पहिलो वर्षमा अध्ययनरत छात्रा सामना अर्याल र कबिता ओलिले सिकाए । सबैले मनोसामाजिक स्वास्थ्यको बारेमा थाहा पाउनु पर्छ र बुझ्नु पर्छ भन्ने शिर्षकमा दोस्रो बर्षमा अध्यनरत छात्रा स्वस्तिका मानन्दर र स्वस्तिका सुवेदीले व्याख्या गरेका थिए ।
सबैलाइ समेटौ भन्ने नारालाइ समर्थन गर्दै यस बर्षको सामाजिक कार्य दिवस सहभागिता, साथ, सहयोग, बिश्वास र दिगो समाज निर्माण प्रति प्रतिबद्धता जनाउदै सप्पन्न भएको छ । कार्यक्रममा दोस्रो बर्षकी छात्रा प्रतिमा पौडेलले संचालन गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्