Pokharapatra National Daily

बास्थला गनगने खानेपानी उपभोक्ता समितिको १६ औं वार्षिक साधारण सभा

श्री बास्थला गनगने पंधेरा खोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति, पोखरा १३ आर्वा को १६ औं वार्षिक साधारण सभा तथा उपभोक्ता भेला शुक्रबार आर्वा स्थित जागरण आमा समुह को बहुउद्देश्यीय भवन मा एक समारोह को आयोजना गरी सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन पोखरा महानगरपालिका वडानं १३ का वडा अध्यक्ष दर्शन लामाले गरेका थिए । सो अवसरमा अध्यक्ष लामाले खानेपानी को पौंच सबै जनता सम्म पुर्याउन पहिलो प्रथमिकता अनुसार वडाले काम गरेको जानकारी दिए। उनले खानेपानी बाट कोही उपभोक्ता वञ्चित नभएको बताउँदै नयाँ प्रविधिबाट वडामा थप खानेपानी योजना सञ्चालन गरिने जानकारी पनी दिए । आफ्नो कार्यकालमा वडानं १३ लाई नमुना वडा बनाएको दावी गर्दै उनले आगामी दिनमा आँफु जहाँ रहे पनी वडाको समग्र बिकासमा ध्यान दिने जिकीर गरे । अध्यक्ष लामाले आर्वामा निर्माण हुदै गरेका खानेपानी सडक शिक्षा स्वास्थ्य रोजगारी र उद्यमशिलता का सबै बिकाश निर्माण लाई आफ्नो कार्यकाल भित्र पुरा गरेर छाड्ने प्रतिवद्धता ब्यक्त गरे ।
उपभोक्ता भेलामा बिशेष अतिथि श्री रतन पाण्डे माध्यामीक बिध्यालय का प्रधानाध्यापक डिल्लीराम बराल ले खानेपानी उपभोक्ता समिति ले बिध्यालय मा खानेपानी को ब्यवस्थापन गरेको उल्लेख गर्दै समितीको सर्हानिय काम प्रति धन्यवाद ब्यक्त गरे । उनले अंग्रेजी माध्यमबाट कक्षा १२ सम्म पढाई भैरहेको रतन पाण्डे मा वि कुनै पनी अन्य बिध्यालय भन्दा कम नरहेको भन्दै सबै अभिभावक ले आफ्ना बाबु नानीलाई शहर तिर नभई आफ्नै आँगन को बिध्यालय मा पढाउन आग्रह गरे । उपभोक्ता भेलामा आर्वा मौजा कुलायन मार्ग सडक उपभोक्ता समिति का अध्यक्ष शरदचन्द्र बरालले आगामी आर्थिक वर्ष भित्र आर्वा मौजा कुलायन मार्ग अन्तर्गत निर्माण भैरहेको बाँकी सडकको काम निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। भेलामा पत्रकार तथा श्री मोहरपानी आदर्श टोल बिकाश संस्था पोखरा १३ आर्वाका अध्यक्ष श्रीराम सिग्देलले समग्र आर्वा को बिकाश निर्माण मा वडा लगायत सबै क्षेत्रमा नेतृत्वदायी भूमिका मा रहेका नेतृत्व कर्ता ले गम्भीर रुपमा ध्यान दिएर काम गर्नु पर्ने बताए । कार्यक्रम मा अमर ज्योति आधारभूत बिध्यालय का प्रधानाध्यापक बिमल बहादुर बराल, शान्तेडाडा सहेले सालघारी बन उपभोक्ता समिति का अध्यक्ष बिष्णु प्रसाद बराल,जागरण आमा समुहकी अध्यक्ष राधा देबी बराल (बिद्या), अर्ध नारेश्वर टोल बिकाश संस्था का अध्यक्ष टिकाराम बराल, छापाको चौतारा टोल बिकाश संस्था का अध्यक्ष राधाकृष्ण बराल,उपभोक्ता भोजराज बराल, खानेपानी का कर्मचारी रुद्र नाथ बराल,लगायतका वक्ताहरुले शुभकामना ब्यक्त गरेका थिए ।
श्री बास्थला गनगने पंधेरा खोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति का अध्यक्ष नर बहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष घनश्याम बराल ले स्वागत तथा कोषाध्यक्ष मधुमाय बरालले कार्यक्रम सञ्चालन गरेकी थिईन।
कार्यक्रम मा खानेपानी उपभोक्ता समितिका संस्थापकहरु , खानेपानि ट्याङ्की निर्मण का लागि जग्गादाता तथा समितिमा रहेर योगदान पुर्याउने छ जना ब्यक्तित्व हरुलाई दोसल्ला तथा सम्मान पत्र प्रदान गरी सम्मानीत गरिएको थियो । यसरी सम्मानित हुनु हुनेहरुमा टंकनाथ बराल, गंगादेवी बराल, होम बिलास बराल, भोजराज बराल, सु.सुकदेव बराल र रुद्र बहादुर कुईकेल रहेका छन् ।

प्रतिकृया दिनुहोस्