Pokharapatra National Daily

रोटरी लेकसाइडको निःशुल्क मृर्गौला परीक्षण

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले हरेक व्यक्तिले आफ्नो मृगौला स्वस्थ राख्न खानपिनमा बिषेश ध्यान दिनैपर्ने बताउनु भएको छ ।
विश्व मृर्गौला दिवसको अवसरमा रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखराको मुस्ताङचोकस्थित किड्नी केयर सेन्टर निर्माणस्थलमा बिहीबार आयोजना गरेको निःशुल्क मृर्गौला परीक्षणको उद्घाटन गर्दैै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । पहिलाको तुलनामा हिजोआज हाम्रो खानपिनमा धेरै परिर्वतन आएकोले गर्दा मानव स्वथ्यमा निकै खर्चिलो मृगौला, मुटु सम्बन्धि विभिन्न रोगहरु लाग्ने गरेको उहाँको भनाई थियो । उहाँले भन्नु भयो “ मुत्युलाई नजिक ल्याउने प्रयास हामीले गरेका छौं, हाम्रा लापरवाहीले विभिन्न रोगका कारण हाम्रो अकालमै मृत्यु वरण गर्नुपर्ने अबस्था रहेको छ ।” सोच, मनोविज्ञान र मानसिकतालाई परिवर्तन गर्नुपर्ने अबस्था रहेको मन्त्री बरालले जनाउनुभयो । मृगौला फेर्न वा डाइलोसिस गनुपर्ला निकै खर्चिलो यस रोगले धेरै नेपालीलाई समस्या पार्ने गरेको उहाँले बताउनु भयो । रोग लाग्नै नदिने गरी स्वस्थ खानपिनमा अनुसासित ढंगले लाग्नुपर्ने मन्त्री बरालले बताउनु भयो । नेपालमा पनि मृगौलाका रोगीहरुको विकराल अबस्था रहेको उल्लेख गर्दै मन्त्री बरालले यस डाइलोसिस सेन्टर सहित निःशुल्क सेवा दिने उद्देश्यले स्थापना हुने उक्त सेन्टर स्थापनामा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जनाउनु भयो । चरक मेमोरियल अस्पतालका डा.क्लाराले समयमै स्वास्थ्य परीक्षण नगर्दा पछि जटिल समस्या उत्पन्न हुने गरेको बताउनु भयो ।
क्लवका अध्यक्ष हुम आलेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र बराल, रोटरी क्लवका एसिस्टेन गर्भनर सन्तोष पोखरेल, गर्भनरका बिषेश प्रतिनिधि (जि.एस.आर.) विनोद कोइराला, कार्यक्रम संयोजक कृष्ण थापा, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, क्लवका सचिव राजन कुमाल लगायतले वोल्नु भएको थियो । उक्त शिविरबाट २ सय ६७ जना लाभान्वित भएको क्लवले जनाएको छ ।
पछिल्लो समय मिर्गौला रोगीको लागि उपचार विधि निकै महँगो हुने भएकोले यसमा सचेतना जगाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको संयोजक एवं क्लबका सर्भिस चेयर थापाले बताउनु भयो । कार्यक्रममा वरिष्ठ फिजिसियन डा. बद्री पौडेल, मिर्गौला विशेषज्ञ डा. क्लारा लगायतको स्वास्थ्यकर्मीको टिमले रहेको थियो ।
५ वर्षअघि स्थापना भएको रोटरी लेकसाइडले रोटरी किड्नी केयर निर्माणको लागि हालसम्म ३५ लाख बराबरको प्रारम्भिक पूर्वाधार निर्माण गरिसकेको छ । कुल ६ करोड लागतमा निर्माण किड्नी केयर सेन्टरको डिपिआर तयारी हुँदै गरेको सेन्टरका सचिव मीन गुरुङले जानकारी दिनुभयो । ३ रोपनी ४ आना जग्गामा १ वर्षभित्र बन्ने सो सेन्टरमा पहिलो चरणमा २० वटा डायलोसिस मेसिन जडान गरी सेवा दिइने लक्ष्य रहेको थापाले जनाउनु भयो ।

प्रतिकृया दिनुहोस्