Pokharapatra National Daily

गोपाल खनालको सम्झनाका लहरहरू लोकार्पण

युवा सर्जक गोपाल खनालको गजल कृति सम्झना कालहरहरुको लोकार्पण शनिबार सम्पन्न भएको छ । पोखराको न्युरोड स्थित हिमालयन रिडर्स कर्नसको सभाहलमा भएको कृति विमोचन कार्यक्रममा प्रमुख अतिथि संस्कृतिकर्मी, कवितीर्थ श्रेष्ठले कृतिको लोकार्पण गरेका हुन् ।
गजल सन्ध्या पोखराको १२ औँ अधिवेशन, १७औँ साधारण सभासँगै नियमित रचना वाचनको २२४ औँ श्रृङ्खलाको अवसरमा आयोजित कार्यक्रम सन्ध्याका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको थियो । उद्घाटन सत्रका प्रमुख अतिथि तीर्थ श्रेष्ठले खनालको नवीनतम कृति लोकार्पण गर्दै गजलका नाममा रचना लेख्दैमा जो कोही गजलकार हुन नसक्ने धारणा राखे । ‘कतिले त गजललाई साहित्यको विधा नै नमान्ने र गजल लेख्नेलाई साहित्यकार नै नमान्ने अवस्था थियो’ गजल लेखनको अनुभव सुनाउँदै श्रेष्ठले भने, ‘गजलकारहरूकै कारण गजलआज स्थापित विधा बनेको छ ।’
तारकेश्वर गाउँपालिका–१ दाङसिङ, नुवाकोटका स्थायी बासिन्दा खनाल पोखरामा रहेर साहित्य साधना गरिरहेका युवा सर्जक हुन् । पत्रकारिता र शिक्षणमा समेत लागेका उनकोयस कृतिमा १०१ गजल समेटिएका छन् । खनालले आफ्नो दशक देखिको कृति प्रकाशनगर्ने धोको पूरा भएकोमा खुसी व्यक्त गरे । सम्झनाकालहरहरु कृति गजल सन्ध्या पोखराको प्रकाशन र रमण पौडेलको सहप्रकाशनमा बजारमा आएको हो ।
गजल सन्ध्याका उपाध्यक्ष वसन्त विनोदले स्वागत मन्तव्य राखेको कार्यक्रममा सन्ध्याका संस्थापक अध्यक्ष दीलिप दोषी, गजलकार प्रकट पँगेनी ‘शिव’, पूर्व अध्यक्षहरू दीपक समीप, रुपीन्द्र प्रभावी, मन क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्