Pokharapatra National Daily

अर्थ मन्त्रालयको छलफल स्याङ्जा सहित १० जिल्लामा सम्पन्न

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सस्तो लोकप्रियाताको लागि लामो नामका योजना तर बजेट भने कम विनियोजन हुने गरेको बताउनु भएको छ ।
प्रदेशको अर्थ मन्त्रालयले शुक्रबार स्याङ्जामा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुसासन सम्बन्धि अन्तरक्र्रिया कार्यक्रममा सम्वोधन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । धेरै जनालाई प्रभावित पार्ने उद्धेश्यले टुक्रे, साना योजना जसले धेरै लामो योजनाहरुको नाम हुदा कम बजेट विनियोजन हुने गरेको उहाँले उल्लेख गर्नु भयो । मन्त्री बरालले यस बर्ष जति योजना सम्पन्न हुन्छ त्यती नै योजना सङख्या मात्र पठाउन सम्बन्धित कार्यालहरुलाई आग्रह गर्नु भयो । उक्त योजना छनौट गर्दा कुनै क्षेत्रबाट प्रभावित नहुन उहाँले सुझाव दिनु भयो । शतप्रतिशत बजेट कार्यान्वय गर्ने उद्धेश्यले काममै केन्द्रित हुन मन्त्री बरालले आग्रह गर्नु भयो । जिल्ला समन्वय समितिहरुलाई भूमिका विहिन बनाउन नपाईने बताउदै मन्त्री बरालले भुमिका विहिन बनाउदा उक्त संस्थाको अस्तित्व माथि प्रश्न उठ्ने गरेको जनाउनु भयो । नेपालीको राष्ट्यिता र स्वाधिनतालाई कसरी रक्षा गर्ने त्यस तर्फ केन्द्रित हुनुपर्ने समय आएको उहाँको भनाई थियो । आन्तरिक श्रोत बृद्धि गर्ने ठाँउहरुको खोजि गर्न समेत मन्त्री बरालले आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति स्याङजाका समन्वय अधिकारी ऋषिराज आचार्यले प्रदेशबाट गत बर्ष ५ लाख प्राप्त गरे पनि यस बर्ष १० लाख प्राप्त भए पनि उक्त रकम अझै कम भएको गुनासो गर्नु भयो । अर्थ मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले चालु आर्थिक बर्षको समिक्षा सहित आगामी बर्षमा बजेट कार्यान्वयनमा प्रभावकारी बनाउन सुझाव संकलन गर्न पनि उक्त कार्यक्रम आयोजना गरिएको बताउनु भयो । गत बर्ष स्याङजाबाट १० करोड ४५ लाख राजश्व संकलन भएकोमा यस चालु आर्थिक बर्षको ७ महिनामा भने ५ करोड ६६ लाख राजश्व संकलन भएको उहाँले बताउनु भयो ।
पुर्वाधार विकास कार्यालय स्याङजाका प्रमुख दयाराम अधिकारीले यस चालु आर्थिक बर्षमा करिब ८१ करोड बजेट मध्य हालसम्म ४२ प्रतिशत बजेट खर्च गरेको बताउनु भयो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमहरु मध्य ८० प्रतिशत सम्झौता भएको उहाँँले बताउनु भयो ।
श्रोत साधन कम हुदा साना र धेरै २ सय ५० वटा टुक्रे योजना भएकोले गर्दा कार्यान्वयनमा केही कठिनायी हुने गरेको प्रमुख अधिकारीले जनाए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरि तिमिल्सिनाले स्याङजामा १ सय ५० र कास्कीमा १ सय १२ वटा टुक्रे योजना रहेको जसमा बजेट न्यून रहेको बताउनु भयो । जलश्रोत तथा सिंचाई कार्यालय स्याङजाका प्रमुख हरिदक्त पौडेलले ६१ व्टा ५ लाखे योजना रहेको थप ३ करोडको आर्थिक दाहित्व सृजना भएको गुनासो गर्नु भयो ।
प्रदेशको कास्की बाहेक अन्य १० जिल्लामा उक्त कार्यक्रम सम्पन्न भएको मन्त्रालयका राजश्व अधिकृत कल्पना सापकोटाले बताउनु भयो । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्