Pokharapatra National Daily

निर्वाचनमा केन्द्रित हुन अध्यक्ष ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्गठन बिस्तारमा जुट्न र आसन्न निर्वाचनमा केन्द्रित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
शुक्रबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीको स्पष्ट विचार, कार्यशैलीप्रति प्रभावित बनेर अन्य विभिन्न पार्टीमा लागेका कार्यकर्ता आफ्नो पार्टीमा आकर्षित भएको दाबी गर्नुभयो । पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको खुलेर विरोध गरे। ‘नाम हे¥यो नेकपा माके, काम हे¥यो कांग्रेसको पुच्छर । नाम हे¥यो पार्टी फुटाएर एकीकृत, काम हे¥यो कांग्रेसका पछि लागेर समाजवादी । यो स्थितिमा हामी छौँ,’ ब्यंग्यात्मक शैलीमा उनले थप े।
अर्को एक प्रसंगमा ओलीले गठबन्धन कुनै अवस्थामा पनि नटुट्ने बताएका छन् । एमसीसी पास गरेरै भएपनि गठबन्धन जोगाउने तयारीमा पाँच दल लागेको भन्दै ओलीले गठबन्धन कायम रहे पनि स्थानीय चुनावमा उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिए । ‘यो गठबन्धन टुट्दैन, टुट्न हुँदैन । यो टुट्यो भने विचराहरू धुलोपिठो हुन्छ,’ उनले भने, ‘हामी लड्न बोलाउँदा वान वाई वान होइन पाँचै दल आऊ भनेर बोलाउँछौँ । ३० वैशाखमा उनीहरूलाई सात दिन नउठ्ने गरी पछार्छौं ।’ सरकारमा बस्नेहरुले नै कार्यकर्तालाई सडकमा उतारेर आफूविरुद्ध ढुंगा हान्न लगाएको उनको आरोप छ । ‘एमसीसी माग्ने झलनाथ खनाल हिँड्दा केही गर्दैनन्। एमसीसी पास गर्ने भन्ने कांग्रेसका नेताहरू हिँड्दा केही गर्दैनन् । माओवादीलाई केही गर्दैनन्,’ उनको दुखेसो छ, ‘म हिँड्दा ढुंगा बर्साउँछन् । कुरा बुझिँदैन र ?’ एमालेप्रति विश्वास गर्न आग्रह गर्दै अध्यक्ष ओलीले जनताको बहुदलीय समाजवादलाई अहिलेको परिस्थिति अनुकूल सिर्जनात्मक ढङ्गले कार्यान्वयन गरिनेविश्वास दिलाउनुभयो । पार्टीभित्र हरेक तहको कार्याकर्ता नेता भएको बताउँदै उहाँले प्रत्येकले आफू हाकिम नभई जनताको सेवक हो भन्ने भावनाका साथ खटिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेप्रति आस्था एवम् विश्वास बढ्दै गएको दाबी गर्नुभयो । आसन्न निर्वाचनका लागि सक्रिय हुन उहाँले आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्