Pokharapatra National Daily

पोखरामा असिनापानी, जनजीवन प्रभावित

पोखरामा आइतबार दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित भएको छ । सम्भवत हालसम्मकै बाक्लो असिना पर्नाले आइतबार पोखरा क्षेत्रको जनजीवन प्रभावित भएको हो ।
पोखराको अति नै व्यस्त बजार महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, नयाँबजार, सभागृहचोक, सृर्जनाचोक, पृथ्बीचोक, पालिखेचोक लगायतका क्षेत्रका सडकमा बाक्लो असिनाका कारण यातायात सञ्चालनमा अबरोध नै भए पछि शसस्त्र प्रहरी, स्थानिय र एक्साभेटरको सहायताले असिना हटाएर यातायात संचालन गरिएको स्थानियले बताए । आइतबार दिउँसो करिब १ः०० बजेदेखि पोखरामा हवाहुरीसंगै असिना पानी परेको स्थानिय राम गिरीले बताए । पोखराका सडकहरु असिनाले सेताम्मै भएका थिए भने असिना पानी परेसंगै ह्वात्तै चिसो बढेको छ । वाक्लो असिना परेर सडक नै अबरुद्ध भए पछि एक्साभेटरको सहायताले असिना हटाएर यातायात सहज पार्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सक्रिए भएको थियो । एकाएक हावाहुरीसंगै परेको बाक्लो असिना पानीले गर्दा सडक तथा बाटोमा हिड्न विद्यार्थी, कर्मचारी तथा सर्व साधारण जनतालाई केही समय निकै समस्या भएको थियो । आइतबार परेको असिना पानीले करोडौं मुल्य बराबरको हिउदे वाली समेत क्षति पुगेको किसानहअरुले गुनासो गरेका छन् । असिनाका कारण हिउँदे बाली तथा काउली, बन्दा लगायतका तरकारी र कौसी खेतीमा क्षति पु¥याएको पोखरा महानगर कृषि विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए । यस बर्ष फागुन महिनाको दोश्रो हप्ता सुरु भएकै दिनमा बाक्लो असिना पानीले करोडौंको कृषि वालीमा क्षति पुगेको उनले बताए । उक्त असिनाले तरकारी सहित आलु, फलफूल, तोरी, गहुँलगायत अन्नबालीमा क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस्