Pokharapatra National Daily

रेडक्रसको २४ औं संरक्षक गोष्ठि सम्पन्न

कास्की जिल्लाका जुनियर तथा युवा रेडक्रसका संरक्षक अर्थात प्रधानाध्यापकहरुको २४ औं गोष्ठि शुक्रवार सम्पन्न भयो ।
पोखरा महानगरपालिका वडा नं १३ फूलवारी स्थित शिवशक्ति मा.वि भएको सम्पन्न भएको कार्यक्रममा ७३ बिद्यालका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । गोष्ठिको शिक्षा विकास तथा समन्वय ईकाइ समितिका प्रमुख नारायणप्रसाद सुवेदी र कास्की रेडक्रसका सभापति डोलराज पाण्डेयले संयुक्त रुपमा उद्घाटन गरेका थिए । शिक्षा विकास समन्वय ईकाइका प्रमुख नारायणप्रसाद सुवेदीले बिद्यमान समाजमा मानवता हराउदै गएकाले बिद्यालय तहमै कक्षा शिक्षणको अध्ययन तथा अभ्यास गराउन सके बिद्यार्थीहरुमा सामाजिक भावनाको विकास हुने भने । बिद्यालमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरि बिद्यार्थीहरुलाई सकृयता गराउन प्रधानाध्यापकहरुलाई प्रमुख सुवेदीले निर्देशन दिए ।
कास्की रेडक्रसका सभापति डोलराज पाण्डेले संगठनको उद्देश्यप्राप्तीका लागि जुनियर तथा युवाहरुको नेतृत्व तथा सीप विकासका गरि दक्ष स्वयंसेवक मार्फत मानविय कार्य गर्न युवा तथा जुनियर रेडक्रस सर्कल उपयोगी हुने बताए । गोष्ठिमा रेडक्रस अभियान सम्बन्धी सहजीकरण कास्की रेडक्रसका उपसभापति कृष्ण तिमिल्सीनाले गरेका थिए । शिव शक्ति मा.बिका प्रधानाध्यापक शम्भुराज बास्तोलाले स्वागत गरेका थिए । नेपाल रेडक्रस सोसाइटी कास्कीशाखा अन्तर्गत शैक्षीक सत्र २०७९ का लागि प्रतियोगिता तर्फ कविता, बक्तृत्वकला, चित्रकला, हाँजिरी जवाफ, लोकगित, निवन्ध तथा अल्वम प्रतियोगिता र गोष्ठि तथा प्रशिक्षण तर्फ ३९ औं जुनियर युवा तथा शिक्षक नायक गोष्ठि, २५ औं संरक्षक गोष्ठि, आधारभुत प्राथमिक उपचार, विपद् ब्यवस्थापन, सरुवा रोग संक्रमण सचेतना, जलवायु परिवर्तन र चेतनामुलक कार्यक्रम संचालन हुने नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य एवं जुरयू समितिका संयोजक बिष्णुप्रसाद भण्डारीले जानकारी दिए । रेडक्रसका सात ७ सिद्धान्तहरुको वारेमा शिवशक्ति यु.रे.स.का अध्यक्ष धनविर नाल्वोले गरेका थिए । गोष्ठिको औचित्यमाथि जुरयू समितिका सदस्य सुर्यप्रसाद तिमिल्सीनाले प्रकाश पारे । जुनियर युवा समिति कास्कीका संयोजक बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जुनियर यूवा समिति कास्कीका सचिव मित्रलाल सुवेदीले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्