Pokharapatra National Daily

संघीयतालाई बलियो पार्न प्रदेश सरकारलाई सशक्त बनाउनु पर्नेे

वैज्ञानिक तथा सामाजिक अभियान्ता महावीर पुन गण्डकी रत्नबाट विभुषित हुने भएका छन् । गण्डकी प्रदेश सरकारको बुधबार पोखरामा सम्पन्न भएको चौथो बार्षिकोत्सवको अवसरमा प्रदेशको श्री बृद्धि जसले प्रदेशको नाम विश्व सामु राख्न सफल राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका वैज्ञानिक तथा सामाजिक अभियान्ता पुनःलाई बिभुषित गरिने घोषणा भएको हो ।
प्रदेश सरकारले कुनै बिषेश कार्यक्रमका बिच उक्त सम्मान अर्पण गर्ने भएको युवा तथा खेदकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताए । महावीर पुन एक नेपाली वैज्ञानिक, शिक्षक सामाजिक उद्यमी तथा हिमालयका दुर्गम क्षेत्रहरूको विकासित ताररहित प्रविधिको प्रयोगमा आफ्नो व्यापक कार्यका लागि प्रसिद्ध एक कार्यकर्ता हुन् जसलाई नेपाल वायरलेस नेटवर्किङ परियोजना समेत भन्ने गरिन्छ ।
अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनले वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजना मार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल भएका छन् ।
एक लाखको सर्वोउत्कृष्ट निजामती पुरस्कारबाट भौतिकका सचिव श्रेष्ठ पुरस्कृत हुने आर्थिक बर्ष २०७८÷०७९ मा गण्डकी प्रदेशबाट सर्वोउत्कृष्ट निजामति पुरस्कारबाट भौतिक पुर्वाधार शहरी विकास तथा यातायात व्याबस्था मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ पुरस्कृत हुने भएका छन् । उनलाई नगद एक लाख सहित उक्त पुरस्कारबाट पुरस्कृति गरिने भएको गण्डकी प्रदेश सरकारको बुधबार पोखरामा सम्पन्न भएको चौथो बार्षिकोत्सवको अवसरमा घोषणा गरिएको हो ।
त्यसै गरी प्रदेशको उत्कृष्ट निजामति पुरस्कार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव रामेश्वर अर्याल, उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालयका सिडिई पे्रम प्रसाद डोटेल पुरस्कृत हुने भएका छन्। उनीहरुले जनही ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन्।
प्रदेश निजामति सेवा पुरस्कारबाट अर्थ मन्त्रालयका अधिकृत खेमराज पौडेल लगायतका १७ जना पुरस्कृत हुने भएका छन् । उक्त पुरस्कारबाट शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका उपसचिव तोयनाथ लम्साल, मुख्यमन्त्री तथा मत्रिपरिषद कार्यालयका उपसचिव मुक्तिनारायण भण्डारी, लोक सेवा आयोगका उपसचिव कृष्णप्रसाद आचार्य, कृषि ज्ञान केन्द्र मुस्ताङका अधिकृत आठौं प्रकाश बस्ताकोटी, आन्तरिक मामिला मन्त्रालयका अधिकृत आठौं प्रकाशचन्द्र ढुंगाना, धौलागिरी आयुर्वेद औषधालय बागलुङका आयुर्वेद चिकित्सक डा. सरोजकुमार राय, वन वातावरण तथा भूसंरक्षण मन्त्रालयका सहायक वन अधिकृत शिवप्रसाद श्रेष्ठ, प्रदेश नीति तथा योजना आयोगकाका तथ्यांक अधिकृत रामप्रसाद वाग्ले पुरस्कृत हुने भएका छन। त्यस्तै स्वास्थ्य कार्यालय स्याङ्जाका जन स्वास्थ्य अधिकृत वसुन्धरा शर्मा, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत सातौं महराज ढकाल, पर्यटन, उद्योग, वाणिज्य, तथा आपुर्ति मन्त्रालयका सहायक वन अधिकृत नवीन विश्वकर्मा, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका शाखा अधिकृत विकास थापा मगर, सोही कार्यालयका शाखा अधिकृत रामप्रसाद पौडेल, प्रदेश सभा सचिवालयका लेखा अधिकृत सूर्यप्रसाद अधिकारी, भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका जलाधार व्यवस्थापन अधिकृत प्रकाश गिरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकृत तोयनाथ आचार्य रहेकाछन्। उनीहरुले जनही ५० हजार पुरस्कार प्राप्त गर्ने भएका छन् ।
त्यसै गरी प्रदेशका १६ जनालाई प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ जसको राषि भने २५ हजार रहेको छ । उक्त पुरस्कार प्राप्त गर्नेहरुमा कृषि ज्ञान केन्द्र लमजुङका कृषि प्रसार अधिकृत मदन रेग्मी, पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर सन्तोष अर्याल, स्वास्थ्य कार्यालय लमजुङका जनस्वास्थ्य अधिकृत अमर दवाडी, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका अधिकृत गितादेवी बराल, विउविजन प्रयोगशाला पोखराका अधिकृत कमलादेवी श्रेष्ठ, पूर्वाधार विकास कार्यालय गोरखाका अधिकृत कमलप्रसाद कँडेल, युवा तथा खेलकुद मन्त्रालयका कम्प्युटर अधिकृत दिक्शा खड्का, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका अधिकृत सुशीला अधिकारी, पूर्वाधार विकास कार्यालय मनाङका सब इन्जिनियर जयबहादुर विष्ट, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड चेन सुपर भाइजर हिमलाल सुवेदी, प्रदेश लोक सेवा आयोगका सहायकस्तर पाँचौं गायत्री अधिकारी लामिछाने, डिभिजन वन कार्यालय कास्कीका जमदार रामचन्द्र ढुंगाना, हलुका सवारी चालक दिलबहादुर रम्तेल, भूमिराज अधिकारी, कुलचन्द्र गुरुङ, कमलबहादुर गर्बुजा रहेका छन।
यसैबिच, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दिवेश लोहनी, सिनियर डिभिजनल इन्जिनियर हरिदत्त पौडेल, अर्थ मन्त्रालयका राजश्व अधिकृत गीता घिमिरे, संक्रामक तथा सरुवा रोग अस्पतालका मेुस डा. विकास गौचन लगायतकालाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । त्यसै गरी कास्कीका प्रहरी उपरीक्षक रमेश थापा, व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख प्रभु सिग्देल, स्वास्थ्य कार्यालय मनाङ प्रमुख बद्रीराज आचार्य, इलाका प्रहरी कार्यालय गैंडाकोट प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खनाल, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय का कम्प्युटर अधिकृत केदार सापकोटा र प्रहरी निरीक्षक रविन पोखरेल रहेका छन्।
उक्त बार्षिकोत्सव समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङलाइ नेपाल प्रहरीले सलामी दिएको थियो । उक्त कार्यक्रमको उद्घाटन गर्दै उनले अझै पनि देश संघियताको मर्म र भावना अनुसार चल्न नसकेकोले संघियतालाई संस्थागन गर्न सवै दल एक हुनु पर्ने बताए । नागरिकलाई अधिकार प्रदान गर्ने दाहित्व सवै दलहरुको रहेको उनले जनाए । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले पुरानो सोच बिचार एकात्मक र सामन्ती सोचको कारण अझै पनि संघियताको भावना अनुसार स्प्रिडमा काम हुन नसकेको दाबी गरे । संघियता र लोकतन्त्रमा तुसरापात हुने शंकेत देखिएकोले यसमा संविधानको रक्षा गरी थप सजग हुनुपर्ने समय आएको उनको भनाई थियो ।
प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेश सरकारले राजश्व बृद्धि गरी प्रदेशको आन्तरिक श्रोेत बृद्धि गर्नुको विकल्प नभएको बताए । प्रदेशले आर्थिक र प्रशासनिक सुधार गरी संघिय सरकारलाई नै अनुकरणिय काम गरेर आफ्नो दाहित्व बोध गर्नुपर्ने उनले जनाए । माओबादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले जनताको अपेक्षा अनुसार प्रदेश सरकारले काम गर्न नसकेको बताए । प्रदेशका प्रमुख सचिव रवलाल पन्थले प्रदेशमा हाल १ सय ७५ वटा कार्यालयहरु रहेको उल्लेख गर्दै जनशक्ति अभाव। श्रोत साधनको अभाव, जग्गा र कानुनि समस्या रहेको उल्लेख गरे ।
प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अधिकांशले संघियतालाई बलियो पार्न प्रदेश सरकारलाई नै सशक्क्त बनाउनु पर्नेमा जोड दिएका थिए । आगामी एक बर्ष भित्र प्रदेशका जनताको घर घरमा धारा, उज्यालो प्रदेश सेमत घोषणा हुने गरी काम अघि बढाएको मुख्यमन्त्री पोखरेलले जनाए ।

प्रतिकृया दिनुहोस्