Pokharapatra National Daily

सार्दीखोलामा निर्माण हुने मोटरेवल पुलको शिलन्यास

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले विभिन्न पालिकाहरुमा सडक तथा पुलहरु निर्माण भएसंगै उत्पादन गर्न तर्फ ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।
कास्कीको माछापुच्छे« गाउँपालिका वडा नम्बर २ र ३ सहित पालिका जोड्ने मार्दीखोला मोटरेवल पुलको शनिबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले राज्यको लगानीमा पालिकाहरुमा सडक तथा पुल निर्माणमा भएको लगानी स्वरुप स्थानियहरुले समेत आफ्नो गाँउ ठाँउमा माटो सुहाउदो उत्पादन गर्नैपर्नेमा जोड दिएका हुन् । माछापुच्छे« गाउँपालिकामा तीन वटा पुलहरु निर्माण गर्ने सन्दर्भमा रिभान खहरे र डाडाँगाउँ र भेडावारी जोड्ने पुल निर्माण कार्य सम्पन्न भएको मन्त्री बरालले जनाए । अझै माछापुच्छे« गाउँपालिकाको चक्रपथ तथा रिङ रोडको हिसावले धिप्राङखोला र मर्दी खोलामा पुल बन्न आवश्यक भएको उनले दाबी गरे । दुबै पुलको डिपिआर समेत निर्माण भएकोले आगामी बर्षमा बहुबर्षीय योजनामा अघि बढ्ने मन्त्री बरालले विश्वास व्यक्त गरे । संघियताको कारण उक्त क्षेत्रमा पुलहरु निर्माण हुने वातावरण भएको उनको भनाई थियो । प्रदेश सरकारले आन्तरिक श्रोतको दायराको खोजि गरेको बताएका मन्त्री बरालले करको दर भन्दा यसको दायराको खोजि अभियानमा आफुहरु लागेको बताए । करको मात्रा सकेसम्म घटाउदै यसको दायरा भने बढाउने पक्षमा आफुहरु लागेको उनले जनाए । ठेक्का कम्पनीहरुले लागत स्टमेट भन्दा घटेर ठेक्का पार्ने तर काम भने समयमै र गुणस्तरीयतामा भने ख्याल नगरेमा उनीहरु उपर सरकारले कारवाही गर्न बाध्य हुने चेतावनी समेत दिए ।
माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले प्रतिगमनको रुप फेरीएको उल्ल्ोख गर्दै नयाँ रुपमा प्रतिगमन आउन थालेकोले यस प्रति सवै सचेत हुनुपर्नेमा जोड दिए । आगामी निर्वाचन वैशाखमै हुने बताउदै मन्त्री बरालले संघियताको संरक्षणको लागि प्रतिगमन बिरुद्ध अझै गठबन्धन मिल्नु नै पर्ने अबस्था रहेको उनको भनाई छ ।संघियतालाई जति मजबुद पार्दै लगिन्छ त्यती नै जनताका आवश्यकताहरु पूरा गर्न सहज हुने मन्त्री बरालले दाबी गरे ।
१० करोड २८ लाख ५७ हजार ६ सय ४ रुपैयाको लागतमा आगामी दुई बर्षमा उक्त पुल निर्माण हुने भएको पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख महेन्द्र बानियाले बताए । स्टील स्टक्चरको संरचनामा निर्माण हुने उक्त पुलको संरचनामा बढी सचेत हुनुपर्ने उनको भनाई थियो । हिमदुङ एण्ड थोकर÷रामजानकी जे.भि. कन्स्टक्सनका प्रतिनिधि निर्मल सिटौलाले आगामी २ बर्ष भित्र गुणस्तरियता कायम गर्दै उक्त पुल निर्माण कार्य सम्पन्न गर्ने बताए । माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा माछापुच्छे« गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बिक्रम गुरुङ, माछापुच्छे« ३ का अध्यक्ष सुर्य प्रसाद लम्साल, नेपाली कागेंसका प्रतिनिधि मिन बहादुर गुरुङ, माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य प्रविना अधिकारी, माछापुच्छे« गाउँपालिका वडा नम्बर ३ का सचिव एकनाथ पौडेल लगायतले मन्त्री बरालकै बिषेश पहलमा उक्त पुल निर्माण हुने भएकोले बाँकी रकम समेत व्यबस्था गर्न माग समेत गरेका थिए । सरकार परिवर्तन भएको अबस्थामा उक्त पुलको योजना प्रभावित भएको अबस्थामा मन्त्री बराल सहितको जनप्रतिनिधिहरुको बिषेश पहलमा उक्त पुल निर्माण शुभारम्भ भएको माछापुच्छे« गाउँपालिकाका अध्यक्ष गुरुङले जनाए । ७० मिटर लामो स्टिल स्टक्चरमा उक्त पुल निर्माण हुने भएको उनले जनाए । उक्त पुलको अभावमा बर्षादको समयमा वारपार गर्न स्थानियलाई निकै कठिनायी हुने गरेको स्थानियले बताएका छन् । यसैबिच गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले शनिबार सेती नदी जलबिद्युत आयोजनाको अध्ययन तथा अवलोकन समेत गरेका छन्। उक्त आयोजनामा हालसम्म करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको रेसिडेण्ट इन्जिनीयर रामराज कोइरालाले बताए ।
माछापुच्छ्रे« गाउँपालिका–२ सार्दिखोला स्थित भराभरीमा निर्माण हुन लागेको सेती नदी जलविद्युत आयोजना डिसेण्डिङ वेसिन (पाइप सिस्टम) बाट निर्माण हुन लागेको २५ मेगावाट क्षमताको उक्त जलबिद्युत परियोजनाको काम हाल तिव्र गतिमा अघि बढेको बुटवलको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगत पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्