Pokharapatra National Daily

स्याङ्जामा जिप दुर्घट्नामा दुईको मृत्यू

शुक्रवार राती स्याङ्जाको बिरुवा गाँउपालिकामा जिप दुर्घट्ना हुदा २ जनाको मृत्यू भएको छ ।
ग १ ज ५९३९ नम्वरको जिप भित्री सडक धवादी भन्ने भिरबाट खसेर दुर्घट्ना हुदा बिरुवा गाँउपालिका ३ का जिप चालक र सहचालकको मृत्यू भएको हो । बेलुका अन्दाजी साढे ८ बजे जिप दुर्घट्ना भएको अनुमान गरिएको छ । बिहान घाँस काट्न जाने महिलाहरुले देखे पछि प्रहरीलाई खबर भएको बताइएको छ । जिप चालक बिरुवा गाँउपालिका ३ का २६ बर्षिय बेलबहादुर थापा र सोही ठाँउका ३२ बर्षिय भेषबहादुर थापा मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । स्थानीय सुत्केरी महिलालाई छाडेर खाली गाँउ आउदै गर्दा दुर्घट्नामा परेको बताइएको छ । कच्ची सडक, घुमाउरो घुम्ती, खराब मौसम र रातको समय भएकाले जिप चिप्लीएर दुर्घट्नाभएको हुन सक्ने अनुमान प्रहरीको छ । जिप कच्ची सडकबाट करिव ५ सय मिटर तल खसेको थियो । मृत्यू भएकादुवै जनाको शव छुट्टाछुट्टै अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शनिवार बिहानबाटोमा हिड्ने एक स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेपछि मात्रै जिप दुर्घट्नामा परेको थाहा हुन आएको हो । रातको समयमा जिपदुर्घट्ना भएको र बिहान मात्रै थाहा पाएकाले घाईते अवस्थामा उद्धार गर्न नपाइएको स्थानीयले बताएकाछन् ।
दुबै शवको जिल्ला अस्पताल स्याङ्जामा पोष्टमार्टम गरी आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्