Pokharapatra National Daily

कमलपोखरीको रक्तदानमा ५७ युनिट संकलन

पोखरा महानगरपालिका वडा नं १३ स्थित कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भएको रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन भएको छ ।
कोरोनाका कारण रगतको कमी हुन सक्ने भन्दै सहकारीले आकस्मिक रक्तदान गरेको कार्यक्रम संयोजक टिका पराजुलीले वताइन । कमलपोखरी बचत तथा ऋण सहकारीका पुर्ब अध्यक्ष एवं प्रा.तारानाथ बरालले पहिलो रक्तदाता प्रभा कुँवर र शान्ति केसीलाइ ब्लड ब्याग प्रदान गरेर कार्यक्रम सुरु गरिएको थियो । रक्तसंचार कास्कीका प्रमुख अर्जुन ज्ञबालीको समुहले प्राविधिक सहयोग गरेको थियो । कमलपोखरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार टुवराज बास्तोला, कोषाध्यक्ष रमेश कुमार झा, सन्चालक समितिका सदस्य भबसागर बराल, ऋण सदस्य शिब प्रसाद बराल, समाजसेबी माधव सिग्देल, मुस्लिम युवा संघका अध्यक्ष अफज अलि र पाटनबेसी टोल बिकास संस्थाका अध्यक्ष रबि बराल लगाएतले शुभकामना दिएका थिए ।
सो कार्यक्रममा वडा नं १३ को हरेक सामाजिक कार्यमा अग्र पंक्तिमा रहेकी सकरात्मक सोचले भरीपूर्ण सरस्वती रानाभाटले पनि १२ औ पटक रक्तदान गरिन् । रगत दिएपछि जीवनमा आँफूले सवैभन्दा ठूलो सहयोग गरेकोमा खुशी व्यक्त गरिन सरस्वतीले । ओतप्रोत भएकी कविता वरालले सहकारीका सात सिद्धान्त वाचन गरी सुरु गरिएको कार्यक्रममा सहकारीका उपाध्यक्ष युवराज त्रिपाठीले स्वागत र संस्थाका सचिव ईन्द कुवंरले संचालन गरेका सहकारीका संचालक समितिका सदस्य कुमार केसीले पोखरापत्रलाइ वताए ।

प्रतिकृया दिनुहोस्