Pokharapatra National Daily

पोखरामा सडक महोत्सव सुरु

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले पोखरालाई चौबिसै घण्टा खुल्ला गराउन स्थानिय तथा सरोकारवाला पक्ष तयार रहन आग्रह गरेका छन् । बिहीबारदेखि पर्यटकीय नगरी पोखरामा सुरु भएको २३ औं संस्करणको पोखरा सडक महोत्सवको उद्धघाटन गर्दै गृहमन्त्री खाँणले सरकारले पोखरालाई २४ सै घण्टा खुल्ला गनए चाहेकोले त्यसको लागि स्थानिय प्रशासन, स्थानिय र निजी क्षेत्र तयारी अबस्थामा रहन आग्रह गरेका हुन् ।
पोखरा चौबिसै घण्टा खुल्नुपर्छ भन्ने स्थानियको एक मत भई आएको सुझावको आधारमा आफुहरुले उक्त निर्णयलाई कार्यान्वयनमा लैजान कुनै कठिनायी नहुने मन्त्री खाँणको भनाई थियो । पोखरालाई खुलाउँदा स्थानियको जनगुनासो नआउने गरी खुल्ला गर्न र त्यसको व्यबस्थापनको लागि निजी र सरकारको समन्वय आवश्यक भएको उनको भनाई थियो । पोखरालाई रातभर खुल्ला गराउने बिषयमा कसैले रातभरी सुत्न नपाएको हो हल्ला भएको लगायतका गुनासो नआउने गरी व्यबस्थापनमा स्थानियनै जुट्नु पर्ने मन्त्री खाँणको भनाई छ ।
पोखराको सुन्दरता र यहाँका फेवा लगायतका तालहरुको संरक्षणमा सरकार प्रतिवद्ध रहेको मन्त्री खाँणले बताए । पोखराको सुन्दरतालाई कायम राख्न स्थानीय सरकार जिम्मेवार र संवेदनशिल हुन उनले आग्रह गरे ।
गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले पर्यटन विकासका कार्यक्रममा सरकार नीजि क्षेत्रसँग मिलेर सहकार्य गर्न तयार रहेको बताए । कानून सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सराङकोटबाट सञ्चालन हुँदै प्याराग्लाइडिङ विस्थापित हुन सक्ने आशंका रहेको बताउँदै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण रहेको प्याराग्लाइडिङ व्यबस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले नेपालको पर्यटनको राजधानी पोखरा हो भनेर घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह गरे । उद्घाटन समारोहमा रेवानका केन्द्रीय प्रथम उपाध्यक्ष संघर्ष विष्ट, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिँह लामा, रेवानका अध्यक्ष लक्ष्मण बराल लगायतले पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा माग गर्नु भयो । महोत्सवको उद्घाटन अघि विभिन्न २५ वटा साँस्कृतिक समुहको झाँकी ¥याली तीन किमी पैदल महोत्सवस्थल कोमागाने पार्कसम्म निकालिएको थियो । अङ्ग्रेजी नयाँवर्षका अवसरमा ‘सडकमै खाऔँ, सडकमै नाचौ र सडकमै रमाऔँ’को नारा सहित रेवानले सडक महोत्सव आयोजना गरिएको महोत्सव संयोजक नरेश भट्टराईले बताए । यही पुष १५ र १६ गते गरी दुई दिन महोत्सवमा आगन्तुक स्वदेशी तथा विदेशी पाहुनाहरुलाई २३ औं संस्करणको पोखरा सडक महोत्सवको अवसरमा कोरोना बिरुद्ध खोप उपलब्ध गराउन सुरु भएको रेवान पोखराले जनाएको छ । ३ दिन सम्म चल्ने महोत्सव स्थलमा ३० भन्दा बढी हस्तकला, कोमागाने पार्क प्रवेशका लागि दिउँसो ५० रुपैयाँको तथा राति एक सय रुपैयाँको टिकट लाग्ने रेवान पोखराका सचिव विकास भट्टराईले जनाए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकि प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस लगायतका विभिन्न खेल गतिविधि समेत हुने भएको उनले जनाए । संस्कृति, खाना र म्यूजिकको समेत महोत्सवले प्रर्बद्धन गरेकोले सडकमै खाऔं सडकमै रमाऔं भन्दै उक्त महोत्सवलाई अगेंजी नयाँ बर्षको अवसरमा हरेक बर्ष निरन्तर रुपमा आयोजना गर्दै आएको अध्यक्ष बरालले जनाए । पोखराको सडक क्षेत्र यति वेला दुलही झै सिंगारिएको रेवान पोखराका पूर्व अध्यक्ष चौबहादुर गुरुङले बताए । पोखराको सडक क्षेत्र यतिवेला धोजा पोतकाले सजिएको उनले जनाए ।

प्रतिकृया दिनुहोस्