Pokharapatra National Daily

विकासको नेतृत्व माओवादीले गर्छः सभापति कोइराला

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकासको नेतृत्व माओवादी केन्द्रले गर्ने बताउनु भएको छ ।
पोखरा १६ अर्मलाकोटमा आयोजित बृहत्त भेटघाट तथा छmपफल कार्यक्रममा बोल्दै सभापति कोइरालाले उक्त कुरा बताउनु भएको हो । कोइरालाले अहिलेको राजनैतिक परिवर्तन माओवादीकै नेतत्ृवमा भएको र अव विकासको.परिवतन पनि माओवादीकै नेतृत्वमा मात्र सम्भव भएको दावी गर्नुभयो ।
प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुदा पहिलो भ्रमण चाइना गर्दे पोखरामा अन्तराष्ट्रिय विमानस्थलको लागि कुरा अगाडि बढाएको यस्तै मध्यपहाडी लोकमार्ग निर्माण अवधारण अगाडि सारेको नेपालमा पूर्व पश्चिम रेल मार्ग बन्नुपर्छ भनेर अवधारणा ल्याने पार्टीनै माओवादी भएको बताउनु भयो । कोइरालाले कास्कीकै अर्मलाको कुरा गर्दा पनि माओवादीका नेता देव गुरुङ मन्त्रीहुदा मोटरेवलपुल निर्माण गरेर तत्तकालिन अर्मला गाविस र पोखरालाई जोड्ने काम माओवादीले गरेको बताउनु भयो कोइरालाले अर्मलाकोटको पर्यटन प्रवद्र्धनको लागि प्रदेश सरकारले सहयोग गर्दे आएको र आगामिदिनमा पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा अखिल नेपाल खेलकुद महासंघ प्रदेश इन्जार्च जीवन खाती, नेकपा माओवादी केन्द्रका युवा नेता विपिन आचार्य ,अर्मला कोट घर भई हाल युकेमा कार्यरत पर्ता परियार ,नेकपा माओबादी १६ अध्यक्ष निर्मल आचार्य लगायतले अर्मलाकोटको विकासको लागि आआफ्ने ठाउँबाट सहयोग गर्ने बताउनु भएको थियो ।
अर्मलाकोट सामुदायिक होमस्टेका अध्यक्ष बविता गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दीपक परियारले गर्नुभएको थियो । अध्यक्ष गुङ्रुङले अर्मलाकोटमा पिच मोटर बाटो र चुकडाँडा सम्म पदमार्ग आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा स्थानीयको उलेख्य सहभागिता रहेको थियोभने नौमती बाजा सहित कार्यक्रमका प्रमुख अतिथि कोइराला सहित अतिथिहरुलाई फुलमालाले भब्य स्वागत समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्