Pokharapatra National Daily

आर्थिक सहयोग रकम हस्तान्तरण

स्याङ्जा हरिनास गा.पा.वडा नं.३ मग्याम चिसापानी निवासी विपन्न बहुअपाङ्ग परिवारकी अनिता सिग्देलको नियमित उपचार र जीविकोपार्जनका निमित्त सहयोग स्वरुप संकलित रकम सोमबार हस्तारण गरिएको छ ।
स्याङ्जा समाज जापान र एनआरएनए क्षेत्रीय समिति नागोयाको संयुक्त सहकार्यमा स्याङ्जा समाज जापान क्षेत्रीय समिति नागोयाका उपाध्यक्ष एनआरएनए नागोया सदस्य मित्र लाल सिग्देलको संयोजकत्वमा सञ्चालित अभियानबाट संकलित रकम दुई चरणमा गरि जम्मा २ लाख ४७ हजार २ सय रुपैया सिग्देल बन्धु प्रतिष्ठान नेपाल चिसापानी इकाईको सामूहिक कुल पूजाको पावन दिन पारी सहयोग हस्तान्तरण गरिएको छ ।
सिग्देल बन्धु प्रतिष्ठान नेपाल चिसापानी इकाईका अध्यक्ष इन्द्रकान्त सिग्देलको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि निवर्तमान प्रमुख जिल्ला अधिकारी ऋषिराम सिग्देल रहेका थिए भने विशिष्ट अतिथिमा सिग्देल बन्धु प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य समाजसेवी ओम सिग्देल, हरिनास गा.पा वडा नं २ का अध्यक्ष परसुराम सिग्देल, निवर्तमान इकाई अध्यक्ष टिकाराम सिग्देल, स्याङ्जा समाज जापानका महासचिव वेद कार्की , एनआरएनए क्षेत्रीय समिति नागोया जापानका उप–संयोजक कुसल पौडेल रहेको कार्यक्रम को संचालन इकाई सचिव प्रकाश सिग्देलले गरेका थिए । व्यावसाय, अध्ययन र रोजगारीको सिलसिलामा जापानका विभिन्न क्षेत्र र भूभागमा छरिएर रहेका लगभग ६६ जनाको अर्थिक सहयोगबाट संकलित उक्त रकम दुई चरणमा प्रदान गरिएको थियो ।
समाजसेवी, बुद्धिजीवी लगायत स्थानीयको उपस्थितिका बिच एनआरएनए क्षेत्रीय समिती नागोया जापानका उप–संयोजक कुसल पौडेल साथै स्याङ्जा समाज जापानका महा–सचिव वेद कार्की मार्फत निजको परिवार (आमा)लाई संकलित आर्थिक सहयोग रकम हस्तान्तरण सम्पन्न भएको छ । उक्त परिवारलाई खानेपानीको सहज व्यवस्था होस भनी सिग्देल बन्धु प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य ओम प्रकाश सिग्देलले ३०० मिटर पाइप पनि सोही कार्यक्रम मार्फत प्रदान गर्नु भएको थियोे ।
सहयोग अभियानमा जोडिनु हुने सम्पूर्ण सहयोगी दाता हरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यो सानो सहयोगले अनिता को परिवारमा राहतको अनुभूति गराउनेमा आशावादी रहेको स्याङ्जा समाजका महासचिव वेद कार्की बताए । सहयोगलाई समन्वयकारी भूमिका निर्वाह गर्नुभएका समाजसेबी टीकाराम सिग्देल, शिक्षक लेखनाथ सिग्देल, अभियान संयोजक मित्रलाल सिग्देललाई एनआरएनए क्षेत्रीय समिति नागोया परिवार र स्याङ्जा समाज जापान परिवारले हार्दिक आभार व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्