Pokharapatra National Daily

प्याब्सन कास्कीको अध्यक्षमा मथुरा पौडेल

प्याब्सन कास्कीको शनिबार भएको १९ औं जिल्ला अधिवेशनले मथुराप्रसाद पौडेल अध्यक्षतामा चयन गरेको छ । शनिवार भएको अधिवेशनले १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सचिवबाहेक ११ जना सदस्य निर्विरोध चयन भएका छन् । आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
पुष्पराज पराजुलीले डा. टेकनारायण पौडेललाई पराजित गरी पराुजीली सचिव निर्वाचित भएका छन् ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा उमा लामिछाने, उपाध्यक्षमा विष्णुप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा देवप्रसाद बास्ताकोटी, सहसचिव मा सन्दीप अधिकारी र सहकोषध्यक्षमा मोहनलाल पौडेल चयन भएका छन् । कार्यसमिति सदस्यमा कृष्णकुमारी पहारी, रेखा थापा कार्की, विष्णु जिसी, पोखरा महानगरपालिकाबाट डिल्लीराम अर्याल र अन्नपूर्ण गाउँपालिकाबाट टीकाराम पौडेल चयन भएका छन् । बाँकी ३ पालिका मादी, रुपा, अन्नपूर्णबाट भने पूर्ण बैठकले मनोनित गर्ने अध्यक्ष पौडेलले भने ।

प्रतिकृया दिनुहोस्