Pokharapatra National Daily

अपाङ्गता भएका व्यक्तिहरुको लागि सहयोग गछौंः मन्त्री बराल

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले अपाङ्गता भएका व्यक्तिहरुको हकहितको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।
श्रवणदृष्टिबिहिन संघ नेपालले बिहीबार पोखरामा आयोजना गरेको श्रवणदृष्टि विहिनता भएका बालबालिका तथा युवाहरुका लागि तीन दिने स्व वकालत तालिमको उद्घाटन गर्दै मन्त्री बरालले अपाङ्गता भएका व्यक्तिहरुको लागि आवश्यक सहयोग गर्ने बताउनु भएको हो ।
अपाङ्गता भएका व्यक्तिहरुको पुनः स्थापन केन्द्र स्थापना गर्न प्रदेश सरकारले केही न केही काम गर्ने उहाँले वचन दिनु भयो । प्रदेशमा भएका पुर्ण अपाङगता भएका व्यक्तिको लागि स्वास्थ्य बिमा निःशुल्क गाउने बिषयमा गृहकार्य भएको मन्त्री बरालले बताउनु भयो । सकरात्मक सोच र भएको सिमित श्रोत साधनको अधिकतम प्रयोग गर्नुपर्ने उहाँको भनाई थियो । अपाङगता भएका व्यक्तिहरुसंग भएको सिप तथा क्षेमतालाई उचित ढंगले प्रयोग गर्नु पर्ने मन्त्री बरालले बताउनु भयो ।
प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिवविनोद बहादुर कुंवरले सवै प्रकारका अपाङगता भएका व्यक्तिहरुको लागि सरकार र निजी क्षेत्रले सहयोग गर्नुपर्नु बताउनु भयो । प्रदेश सरकारले कुनै पनि व्यक्ति सडकमा जान नपरोस भन्दै सडक मुक्त मानव प्रदेशमा घोषणा गरेको उहाँले बताउनु भयो । पोखरा महानगरपालिका सामाजिक महाशाखाकी गिता न्यौपानेले महानगरले हरेक महिनाका अन्तिम मंगलबार अपाङगता भएका व्यक्तिहरुको लागि परिचय पत्र वितरण गर्ने गरेको बताउनु भयो । राष्ट्यि अपाङग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खुमराज सुवेदीले राष्ट्रिय महासंघ २९ बर्ष पुगे पनि श्रवण दृष्टिविहिनको पहिचान नभएकोले गर्दा हालसम्म अपाङगता भएकाहरुको तथ्याङ नभएको गुनासो गर्नु भयो । तत्काल अपाङगता भएका व्यक्तिहरुको लागि बिद्यालय स्थापन गर्न नसके पनि श्रोत केन्द्र स्थापना गर्नुपर्ने उहाँले माग गर्नु भयो । बहिरा दृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पा नुरु शेर्पाले अपाङगता भएका व्यक्तिहरु अधिकांश गरिबीको रेखामुनि भएकोले उहाँहरुको सहयोगी तथा दोभाषे आवश्यक भएको बताउनु भयो । यातायात, अस्पताल, बिद्यालय लगायतका क्षेत्रमा सेवा लिन अपाङगता भएका व्यक्तिहरुको लागि कठिन भएको उहाँको भनाई थियो । राष्ट्रिय बहिरा महासंघका केन्द्रिय अध्यक्ष केपी अधिकारीले भ्रष्टचार अन्त्य गर्न सवै लाग्न आग्रह गर्नु भयो । आफुहरु जस्ता व्यक्तिका माग पुरा गर्न सरकारी निकायमा आलटाल गर्ने गरेको उहाँले बताउनु भयो । सवैको दाहित्व र जिम्मेवार वहन गरी अपाङता भएकाहरुको सिप अनुसारको कामको व्यबस्थापन गर्नुपर्ने अधिकारीले जनाउनु भयो । दृष्टिबिहिन दीपक कहरले सार्वजनिक स्थलमा पहिलो पटक सहभागि भएर आफुहरु जस्ता व्यक्तिहरुसंग भेटभाट गर्न पाउदा खुसि लागेको बताउनु भयो । कक्षा ५ मा अध्ययनरत उहाँले आफु कक्षा १५ सम्म अध्ययन गर्ने इच्छा भएको बताउनु भयो ।
भारतमा रहेको सेन्स इन्टरनेश्नलका सचिन रिजालले नेपालमा ३ जना मात्र अपाङगता भएका व्यक्तिहरुको बारेमा ज्ञान तथा सिप हासिल गरेका दक्ष प्राविधिक भएको बताउनु भयो । नेपालमाप्रशिक्षक प्रशिक्षण आवश्यक भएको बताउदै प्रविधिको प्रयोगले अपाङगता भएकाहरुलाई सहज बनाएको उहाँले बताउनु भयो ।
श्रवणदृष्टि बिहिन संघ नेपालका अध्यक्ष पुष्पराज रिजालको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । उक्त तालिम तीन दिनसम्म चल्ने भएको छ । कार्यक्रममा सहभागिहरुलाई अष्ट्ेलिया क्याम्पमा समेत भ्रमण गराइएको थियो । बैंकिङ कारोवार गर्न अपाङगता भएका व्यक्तिहरुलाई निकै कठिन भएको उहाँले गुनासो गर्नुभयो ।

प्रतिकृया दिनुहोस्