Pokharapatra National Daily

खाजा खर्च बचाएर लेकसिटीका विद्यार्थीले खुवाए असहायलाई

पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटन स्थित लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिता र सामाजिक कार्य अध्यनरत विद्यार्थीले पोखरामा रहेका सडक मानवलाइ विहीवार खाजा वितरण गरेका छन् । सडकमा रहका बालबालिका, किशोर देखी बृद्धबृद्धाहरुलाइ खाता वितरण गरेका हुन् ।
एकदिनको खाजा नखाएर विद्यार्थीले पोखराका विभिन्न ठाउँमा जाडोमा कठ्याङग्रिदै सडकमा छरिएर रहेकाहरुलाई विहानै देखी खाजा वितरण गर्दै हिंडेका थिए । कलेजमा प्रथम वर्ष, द्धित्तिय वर्ष र तृत्तिय वर्षमा अध्ययनरत विद्यार्थीहरु विहानैदेखी पोखराको चोकचोमा पुगेर २५ जनालाइ चिया, खाता खुवाइएको छ । आफूहरुले एक विहान खाने समसा, चिया र डुनोट नखाइ बाटोमा भेट्टिएका मानवहरुलाई खाजा खुवाएको लेकसिटी कलेजमा विए प्रथम वर्षमा पत्रकारिता अध्ययनरत स्मृति काफ्लेले पोखरापत्रालइ वताइन् । ‘प्राय सडकमा अव्यवस्थित रुपमा छरिएररहेका बालबालिका हुन् या वृद्धवृद्धालाई हेला गरेको, घृणा गरेको धेरै भेटिन्छ,’ काफ्लेले भनिन्, ‘तर उनीहरु पनि हामी जस्तै मानव हुन्, माया दिन सक्यो भने उनीहरुको पनि जीवनशैली फेरिन सक्छ ।’ भोको पेट लिएर बसेकाहरुलाई खाजा खुवाएर र माया दिँदा खुसी लागेको काफ्लेले सुनाइन् । चिया र खाजा पाएका वृद्धवृद्धाले विद्यार्थीहरुलाई शिरमा हात राखेर आशीर्वाद दिएका थिए ।
सामाजिक कार्य विषय पढिरहेको हुँदा त्यसको व्यावहारिक अभ्यास स्वरुप विद्यार्थीहरुले परोपकारका लागि खाजा वितरण कार्यक्रम गरेका हुन् । उक्त कलेजका विद्यार्थीहरुले यसअघि पनि समाजसेवा र कार्यको विभिन्न व्यावहारिक अभ्यास गर्दै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्