Pokharapatra National Daily

पोखरा २३ मा चापाकोट महोत्सव सुरु

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले समृद्धिको नाममा नेपालका ऐसिहासिक बिषय बस्तुलाई भत्काउन तथा बिर्गान नपाइने बताउनु भयो । पोखरा २३ स्थित चापाकोट पर्यटन प्रबद्र्धन समितिको आयोजना विहिबार देखि सुरु भएको चापाकोट सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।
नेपाली कला संस्कृति एवं ऐतिहासिक बिषय बस्तुहरुको संरक्षण गर्नूपर्ने उहाँको भनाई थियो । पोखराको मुख्य बजार देखि चापाकोटको बाटो स्तरोन्नती गर्न बिषेश पहल गर्ने मन्त्री बरालले बताउनु भयो । सके यही आर्थिक बर्ष अन्यथा आगामी आर्थिक बर्षमा केही न केही देखिने गरी काम गर्ने मन्त्री बरालले वचन दिनु भयो । प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो पूर्वाधार विकासको रुपमा अघि बढाएकोले गाउँ गाउँमा होमस्टेलाई प्रबद्र्धन गर्नुपर्ने मन्त्री बरालले बताउनु भयो । बजारबाट टमटर, खुर्सानी सहितका फलफुल तरकारी होमस्टेमा लगेर खाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उहाँको भनाई थियो । स्थानियको माग अनुरुप आवश्यकताको आधारमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री बरालले बताउनु भयो । माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले एकात्मक राज्य प्रणालीका कारण सम्भावना भएका ठाँउमा विकास नभएको दाबी गर्नु भयो । फेवाताल बचाउदै ताल परिवरीको क्षेत्रको विकास गर्नु पर्ने मन्त्री बरालको भनाई छ । पुष ५ गतेसम्म संचालन हुने उक्त महोत्सवको विहिबार उद्घाटन गर्दै मन्त्री बरालले दीप प्रज्जवलन सहित चमराले पिङ खेलेर महोत्सवको उद्घाटन गर्नु भएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले चापाकोट होमस्टेमा बजारबाट ल्याएको कोक, र वियर भन्दा गाउँमा उत्पादन भएको दुध दही जस्ता पदार्थको प्रबद्र्धन गर्न आग्रह गर्नु भयो । पोखरा बजारमा रहेका होटलको भन्दा प mरक खाना र सेवा दिन सके होमस्टेबाट आर्थिक विकास हुने उहाँको भनाई थियो । पोखरा २३ का वडा अध्यक्ष बिष्णु प्रसाद पराजुलीले सडक बाटो स्तरोउन्नती र फेवाताल संरक्षण गर्नु पर्ने बताउनु भयो । युवा व्यावसायी एवं वाईयूके सुपरमार्केटका संचालक युवराज खतिवडाले उक्त महोत्सवमा एक लाख दिदै उक्त महोत्सवलाई सफल पार्न सवैको साथ र सहयोग आवश्यक भएको बताउनु भयो । पूर्व गाविस अध्यक्ष भेषराज पराजुलीले पोखराको मुख्यबजार देखि चापाकोट नजिक नभएर पनि सडकको कारण स्थानियले सास्ती भोग्नु परेको गुनासो गर्नु भयो ।
स्थानिय शिवलाल पराजुलीले व्यक्तिगत २५ हजार सहित अन्य व्यक्तिहरुबाट संकलन गरेको एक लाख ७५ हजार महोत्सवलाई सहयोग गर्नु भएको छ । समितिका अध्यक्ष एवं महोत्सव संयोजक भिम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा दोहोरी गित तथा पन्र्चे ानीक खानाका परिकार उपलब्ध गराईएको सचिव पराजुलीले बताउनु भयो । महोत्सवमा राष्ट्यि तथा स्थानिय कलाकारबाट राष्ट्यि दोहोरी गित प्रतियोगिता, भजन प्रतियोगिता लगायतका विभन्नि प्रतियोगिताहरु हुने भएको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्