Pokharapatra National Daily

पोखरा विमानस्थलको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न

नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले पोेखरामा अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थल जति सक्दो छिटो संचालन हुने गरी आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।
शुक्रबार मन्त्री आलेले पोखरामा निर्माण हुदै गरेको पोखरा विमानस्थलको अध्ययन तथा अवलोकन गर्दै पोखरा विमानस्थलमा देखिएको प्रमुख समस्यालाई सरोकारवालासंग छलफल गरी जति सक्दो छिटो हल गर्न निर्देशन दिएका हुन् । राष्ट्रिय गौरवको योजनाको निर्माण कार्य सकिन लाग्दा हाल देखिएको केही समस्यालाई हल गर्न राजनीति पार्टी कर्मचारी र स्थानियको समेत महत्वपूर्ण भुमिका खेल्नुपर्ने उनको भनाई थियो । पोखरा क्षेत्रिय अन्तर्राट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेस मुनानकर्मीले विमानस्थलमा हाल ड्रेनको समस्या, रिठ्ठे पानी डाँडा कटान, पोखरा विमानस्थलबाट १३ किलोमिटर टाडाको दुरीमा ल्याण्डफिल्ड साइड स्थापना गर्नुपर्ने मुख्य चुनौती भएको मन्त्री समक्ष गुनासो गरेका थिए । जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयका व्यत्तिलाई नवोलाएकोमा मन्त्री आलेले कर्मचारीलाई झपार्दै सम्बन्धित पक्षलाई नवोलाईकन कसरी समस्या समाधान हुन्छ भन्दै हाल देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन्।
पोखरामा ठुलो पानी पर्दा पोखरा विमानस्थलमा भल पानी आउने गर्दा हाल ड्रेनबाट भलपानीको उचित व्याबस्थापन गर्नुपर्ने प्रमुख मुनानकर्मीलेबताए । वन तथा वातारण मन्त्रालयमा आफु हुदा नै रिठ्ठे पानी डाडाँ कटानको बिषयमा फाइल माग गरेको मन्त्री आलेले जनाए । कर्मचारीको र राजनीति कारण यस्ता योजना प्रभावित हुने गरेको उनको भनाई थियो । करिब २२ अर्बको परियोजना पोखरा विमानस्थल निर्माणको हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख मुनानकर्मीले जनाए ।
गत बर्ष पहिलो लहरको कोरोना र यस चालु आर्थिक बर्षमा पनि दोश्रो लहरको कोरोनाको कारणले गर्दा कामदार तथा निर्माण सामाग्री समयमै व्यबस्थापन गर्न नसक्दा निर्धारित समय सिमा भित्र उक्त परियोजना सम्पन्न गर्न कठिन भएसंगै ६ महिनाको समयको म्याद थप समेत भएको उनले जनाए । सन् २०२१ को जुलाई १० अर्थात यही असार २६ गते भित्र पोखरा विमानस्थल निर्माण कार्य सम्पन्न हुने गरी चाइनाको सि.ए.एम.सी. कम्पनीले जिम्मा लिए पनि कोरोनाको कारणले गर्दा समय सिमा भित्र नसकिएकोले गर्दा कम्पनीले ६ महिना समय थप गर्न प्रश्ताव गरेको थियो । पोखरामा हाल निर्माण भएको २ हजार ५ सय मिटर लम्बाईको रनवे, रनवेको चौडाई भने ४५ मिटरको रिजीट कंक्रिट पेभमेन्टको आधारमा पोखरा विमानस्थलको धावनको मार्ग अन्य क्षेत्रको भन्दा फरक भएको आयोजनाको दाबी छ । ४१७÷१२९ मिटरको क्षेत्रफलको अन्तराष्ट्रिय एप्रोन हाल निर्माण भए पनि भविश्यमा पुनः विस्तार गर्ने योजना अनुरुप १५०÷१५२ मिटरको जग्गा समेत व्यबस्थापन गरिएको मुनानकर्मीले बताए । ८ हजार अन्तराष्ट्रिय र ६ हजार जसो आन्तरिक पर्यटकहरुको लागि, कन्ट्रोल टावर १ सय १७ मिटरको, फायरफाइटिङ क्याटगोरी एटको साथमा एउटा एम्बुसेन्स समेत व्यबस्था गर्ने उनले जनाए ।

प्रतिकृया दिनुहोस्