Pokharapatra National Daily

कोन सहकारीलाई उत्कृष्ट करदाताको सम्मान

पोखरा महानगरपालिका वडा नं १३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. कास्की जिल्लाबाट उत्कृष्ट करदातामा सम्मान भएको छ ।
दशौ राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन समारोहमा सम्मानित भएको हो । आन्तरिक राजश्व कार्यालय पोखराले २०५६ सालमा स्थापना भएको कोन सहकारीलाई मंगलवार सम्मान गरेको छ । समापन कार्यक्रममा गत आर्थिक वर्षमा आयकरतर्फ बढी कर भुक्तानी साथै समयमा नियमित भएकोले सहकारीलाई उत्कृष्ट करदाता घोषित गर्दै सम्मान गरियो । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले कोन सहकारीका अध्यक्ष तीर्थवहादुर बस्नेत लगायत पदाधिकारीलाई दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गरे । सचिव पन्थले पोखरामा करदाताको उत्साह देखेर कर प्रशासनमा सुधार आएको सुखद अनुभूति सुनाए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कर तिर्न आउने करदातालाई सहज सेवा प्रवाह हुनुपर्नेमा जोड दिँदै करका दायरा वृद्धि गर्दै जानुपर्नेमा जोड दिए ।
कोन सामुदायिक बचत तथा ऋण सहकारी लि.का मानार्थ संरक्षक तथा निवर्तमान अध्यक्ष शरदकान्त सिग्देलले सहकारीले स्थापनाको समयदेखी समुदाय सँगै राज्यलाइ समेत ठूलो योगदान गर्दै आएको चर्चा गरे । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले नीति र नियममा सबै चल्ने पर्नेमा जोड दिए । आगमी माघ १ गते देखि आफ्नै भवनवाट कारोवार गर्ने तयारी अवस्थामा रहको सहकारी अध्यक्ष तीर्थवहादुर बस्नेतले पोखरापत्रलाई बताए ।
कार्यक्रममा कार्यालयका कम्प्युटर अपरेटर दीपक पौडेल उत्कृष्ट कर्मचारीवाट सम्मान र कर सप्ताह अन्तर्गत भएको ब्याटमिन्टन प्रतियोगितामा उत्कृष्टलाई सो अवसरमा सम्मान गरियो । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख रमेश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कर अधिकृत विजय लामिछाने कार्यालयको वस्तु स्थितिको जानकारी दिंदै स्वागत र अधिकृत शुष्मा महताले संचालन गरेकी थिइन ।

प्रतिकृया दिनुहोस्