Pokharapatra National Daily

नेशनल प्याब्सन कास्कीको नेपाली भाषा ज्ञान प्रतियोगिता

नेशनल प्याब्सन कास्कीले आयोजना गरेको नेपाली भाषा ज्ञान प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ ।
विद्यार्थीहरुको नेपाली भाषा, ज्ञान, सिप विकास गर्ने उद्देश्यले विद्यालय स्तरीय नेपाली भाषा ज्ञान प्रतियोगिता आयोजना गरिएको उक्त प्रतियोगितामा नेशनल प्याब्सनका २८ वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा अञ्जुली बोडिङ स्कुल टुडिखेल प्रथम, डायमण्ड मोडल स्कुल बेगनास द्धितीय र अल्फा एकेडेमी स्कुल लेखनाथ तृतीय स्थान हासिल गरेका थिए भने त्रिवेणी बोडिङ स्कुल अर्घौचोकले सात्वना स्थान हासिल गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य बहादुर खडका विखर्चीले रहेका थिए ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि विखर्चीले विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउन एवम् नेपाली भाषाप्रतिको ज्ञान अभिवृिद्धका लागि प्रतियोगिता फलदायी रहेको बताए । अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसीले विद्यार्थी केन्द्रित विविध कार्यक्रमहरुमध्येको यस कार्यक्रमले विद्यार्थीलाई नेपाली भाषा अध्ययनमा ज्यादै उत्सुक र जागरुक बनाउन सहयोग पुरयाउनेमा जोड दिए ।
प्रतियोगिताको निर्णयको जिम्मा नेपाली भाषा शिक्षक परिषद कास्कीलाई दिइएको थियो ।
विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक एवम् सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने उद्देश्यले हिज्जे, पर्यायवाची विपरीतार्थक शब्द चरण, अन्ताक्षरी चरण, पदवर्ग चरण, कोठेपद चरण, अनुवाद चरण, अक्षर छुट्याउने चरण, द्रूतगति चरणः संकेत चरण लगायत समावेश थिए ।
प्रतियोगिता नेशनल प्याब्सनका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संयोजक गौरव थापा रहेका थिए । कार्यक्रमको संचालन तोलाकान्त न्यौपानेले गरेका थिए । विजेता विद्यार्थीलाई सोही अवसरमा प्रमुख अतिथिले पुरस्कार वितरण गरेका थिए । नेशनल प्याप्सन कास्कीले विद्यार्थीहरुका लागि मासिक रुपमा यस्ता रचनात्मक कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक गौरव थापाले बताए ।

प्रतिकृया दिनुहोस्