Pokharapatra National Daily

चिनिया राजदुतावासको सहयोगमा ४ विद्यालयलाई निशुल्कः इन्टरनेट सेवा

नेपालका लागि चिनिया राजदुतावासको सहयोगमा कास्कीका ४ वटा सामुदायिक विद्यालयलाई एक बर्षको लागि निशुल्कः इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
नेपाल चिन जनमैत्रि संघको समन्वयमा चिनिया दुतावासको सहयोगमा कास्कीका ४ वटा विद्यालयमा एक बर्षसम्मको लागि इन्टरनेट सेवा सहितको केही सामाग्रि समेत सहयोग गरेको संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनु भयो । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको उपस्थितीमा संघले मंगलबार पोखरामा आयोजित एक समारोहका बिच कास्कीका ४ बिद्यालयलाई एक बर्षको लागि इन्टरनेट सेवा सहित इन्टरनेट सेवा संचालनको लागि आवश्यक सामाग्रि समेत सहयोग हस्तान्तरण गरेको हो । पोखरा २१ कृष्तीको भविश्य निर्माण मावि, पोखरा ३३ को शिशु कल्याण मावि, निर्मलपोखरीको जनजाग्रिती मावि, पोखरा २१ कै जनचेतना माविलाई एक बर्षको निशुल्क इन्टरनेट सेवाको साथमा सोलार प्लान्ट र इन्भटर समेत सहयोग गरिएको अध्यक्ष पालिखेले बताउनु भयो । उक्त बिद्यालयमा आवश्यक पर्ने इन्टरनेट सेवा पोखरा इन्टरनेट प्रा.लि.ले सेवा प्रवाह गर्ने भएको पोखरा इन्टरनेटका प्रा.लि.का जनरल म्यानेजर वरदान ताङवेले बताउनु भयो ।
कोरोनाको समयमा इन्टरनेट विना गाउँ गाँउ शिक्षा प्रभावकारी बनाउन कठिन भएको अबस्थालाई मध्यनजर गरी आफुहरुले पहिलो चरणमा कास्कीका ४ बिद्यालयलाई उक्त सेवा प्रदान गर्न छनौट गरेको अध्यक्ष पालिखेले जनाउनु भयो । दोश्रो चरणमा पुनः ४ वटा बिद्यालयको लागि समेत सहयोगको लागि प्रस्ताव गरिएको उहाँले बताउनु भयो । गाउँ शिक्षा कार्यक्रम अभियान अन्र्तगत सम्भव भएसम्म पोखरा हुदै कास्कीका सामुदायिक बिद्यालयहरुमा उक्त अभियान लैजाने आफुहरुको लक्ष्य रहेको पालिखेले बताउनु भयो । इन्टरनेट सेवा संचाmलन गर्न व्याकअफ व्याटिको साथमा अप्टिकल फाइवर जडान गर्दा करिब ४ देखि ५ लाख खर्च लाग्ने उहाँले बताउनु भयो ।
नेपाल स्थित चिनिया राजदुत हाउ यान्छीले कोरोनाको कारण प्रत्यक्ष रुपमा पोखरामा आउन नसके पनि भिडियो कन्फरेन्सबाट कुरा गर्दै नेपालका गाउँमा शिक्षाको पहुच पुर्याउन चिन सरकारले विगतका बर्ष देखि नै सहयोग गर्दै आएको बताउनु भयो । कोरोनाको कारणले गर्दा इन्टरनेट विना अनलाइन कक्षा संचालनमा कठिन भएकोले आफुहरु नेपालका गाउँ गाउँका बिद्यालयमा उपकरण सहित इन्टरनेट सेवा प्रदान गर्न लागेको बताउनु भयो ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नेपालका गाउँका बिद्यालयमा इन्टरनेट सेवा प्रदान गरेकोमा चिन सरकारलाई धन्यवाद दिनु भएको छ । तातोपानी र रसुवा नाका जस्तै गरी प्रदेशको नाका कोरोला नाका संचालन गरी नेपाल र चिन बिचको सम्बन्ध थप प्रगाण पार्न मन्त्री श्रेष्ठले आग्रह गर्नु भयो । नेपालको शिक्षा प्रविधिमा आधारित र आत्मसनिर्भर हुने शिक्षा आवश्यक भएको उहाँको भनाई थियो । संघका अध्यक्ष पालिखेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आयुष्मा भण्डारी, सविन अधिकारी लगायतले अबको शिक्षामा इन्टरनेट सेवाको महत्व धेरै रहेको बताउनु भएको थियो ।

प्रतिकृया दिनुहोस्