Pokharapatra National Daily

हिमालय क्लबको अध्यक्षमा बस्नेत

हिमालय क्लब पोखरा–१६ बाटुलेचौरको २५ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले आगामी कार्यकालको लागि सुशिल बस्नेतको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
निर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्ष मोहनबहादुर थापा, प्रथम उपाध्यक्ष दुर्गालाल श्रेष्ठ, द्धितीय उपाध्यक्ष प्रकाश थापा, सचिव शिवराज देवकोटा, सहसचिव तुलबहादुर बस्नेत, कोषाध्यक्ष पुष्पराज अधिकारी, सहकोषाध्यक्ष लक्ष्मी तिमिल्सिना रहेका छन् । यसैगरी सदस्यहरुमा विष्णु नेपाली, प्रकाश भट्टराई, लक्ष्मी श्रेष्ठ, भुवन बहादुर बस्नेत, योगेन्द्रबहादुर बस्नेत, सरिता अधिकारी र लालकुमार अधिकारी रहेका छन् ।
सभाले सचिव प्रकाश थापा र कोषाध्यक्षबाट प्रस्तुत क्लबको प्रगति प्रतिवेदन र कोष प्रतिवेदन पास गरेको छ । सभामा क्लबका मानार्थ सदस्य एवं पूर्व भलिवल खेलाडी उदयबहादुर बस्नेतको स्मृति मा क्लबबाट संचालित र स्थापित स्व.उदयबहादुर बस्नेत स्मृति भलिबल खेलाडी सम्मानबाट नेपाल भलिबल टिमका टिम कप्तान इम राना मगरलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको थियो ।
क्लबका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका मानार्थ सदस्य बेनीबहादुर बस्नेत, वडा नं. १६का वडाध्यक्ष जीवन प्रसाद आर्चाय, नव आदर्श सामुदायिक विकास समाजका कोषाध्यक्ष खुशीमान गुरुङ, अधिवेशन तयारी समितिका संयोजक चित्रबहादुर थापा, सल्लाहकार रामबहादुर बानियाँ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्