Pokharapatra National Daily

मुख्यमन्त्री पोखरेलले लिए मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
प्रमुख जिसी बसेको हरियोखर्क अस्पताल परिसरको गेस्ट हाउसमा शनिबार साँझ पुगेर मुख्यमन्त्री पोखरेलले शीघ्र स्वास्थ्य लाभको कामना गरे । अहिले काम र जिम्मेवारीका बारेमा चिन्ता नलिइ आराम गर्न मुख्यमन्त्रीले मेयर जिसीलाई सुझाव दिए । राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, कांग्रेस महाससमिति सदस्य गिरिराज गौतम, स्वकीय सचिव रञ्जना पोखरेल र प्रेस संयोजक भरत कोइराला मुख्यमन्त्रीसँगै पुगेका थिए । मुख्यमन्त्रीसँगले स्वास्थ्य अवस्थाका बारेमा सोध्दा प्रमुख जिसीले अहिले स्वास्थ्य राम्रोसँग सुधार हुँदै गएको र रुची अनुसारको खाना खान चिकित्सकले सुझाएको बताए । हाँसो गर्दै प्रमुख जिसीले भने, ‘मतवालीवाहेकका खानेकुरा खान डाक्टरले भनेका छन् ।’ साउन १ गते मस्तिष्कघात भएपछि तत्काल काठमाडौं लगेर प्रमुख जिसीको शल्यक्रिया गएिको थियो । शल्यक्रियापछि आराम गरेर असोज २३ गते उनी पोखरा फर्केका हुन् । अहिले नियमित फिजियोथेरापी गर्नुपर्ने भएकाले नयाँगाउँस्थित हरियोखर्क अस्पताल परिसरमा रहेको गेस्ट हाउसमा प्रमुख जिसी बस्दै आएका छन् । घरबाट आउन जान असहज हुने भएकाले गेस्टहाउसमै बसेको जिसीका छोरीज्वाइँ राम भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्