Pokharapatra National Daily

लोकगायिका कोइराला सहित स्रष्टा सम्मानित

ण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गित संगितबाट सामाजिक न्याय सहितको समृद्धि आवश्यक भएको बताउनु भएको छ । पुष्पाञ्जली स्टुडियो पोखराले शुक्रबार आयोजना गरेको राष्ट्रिय गण्डकी म्यूजिक अवार्ड २०७८ को अवसरमा बोल्दै मन्त्री बरालले गीत संगितबाट सामाजिक न्याय सहितको देशमा समृद्धि आवश्यक भएको बताउनु भएको हो ।
मन्त्री बरालले भन्नुभयो“हामीले गीत र संगितको क्षेत्रबाट राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वाभिमान र सामाजिक न्याय जोड्न जरुरी रहेको छ, जसबाट पनि हामीले समृद्धि हासिल गर्न सकिन्छ ।” कुनै पनि देशको कला, गीत र संगित क्षेत्र महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री बरालले राज्यको यस तर्फ ध्यानाकर्षण भएको बताउनु भयो । नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान भन्ने नारा सहित आयोजित उक्त कार्यक्रममा विभिन्न विधामा सम्मानित हुनेहरुलाई मन्त्री बरालले बधाई एवं आभार व्यक्त गर्नूभयो । यस्ता कार्यक्रमले कलाकारलाई थप प्रोत्साहन हुने बताउदै मन्त्री बरालले प्रदेशको पहिचान गित, संगित पनि भएकोले त्यसको प्रबद्र्धनको लागि आवश्यक सहयोग गर्ने जनाउनु भयो ।
यसैबिच, उक्त कार्यक्रममा चर्चीत लोकगायिका हरिदेवि कोइराला सहित विभिन्न व्यक्ति सम्मानित भएका छन् । लोकदोहोरीको क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुराएको भन्दै पुष्पाञ्जलीले गायिका कोइरालालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो । नेपाली गायन क्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दै राजु परियारलाई लोक स्वर सम्रार्टको उपाधि सहित सम्मान गरिएको थियो । गुरुङ चलचित्रका महानायकको उपाधि प्रदान गर्दै चलचित्रकर्मी तारा गुरुङलाई समेत सम्मान गरिएको थियो । उक्त अवसरमा नवराज बराल, क्षेत्र बहादुर कुवंर, सम्मर बहादुर गायक, मिठु झा, रेसम सापकोटा, पवित्रा रसाइली लगायतलाई गित तथा संगित एवं साहित्यको क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुराएको भन्दै सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुलाई मन्त्री बरालको साथमा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्यखड्का विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, संस्थाका अध्यक्ष कृष्ण बहादुर राउत लगायतले सम्मान गर्नु भएको हो । संस्थाले विभिन्न विधामा अवार्ड वितरण गरेको संस्थाका प्रबन्ध निर्देशक कृष्ण प्रसाद गौतमले बताउनु भयो । उत्कृष्ट पप गितमा चेतन राई, पप संगितमा सुदिप फेल्डर, पप म्यूजिकमा अमित गुरुङ, पप एरेन्ज तर्फ दीपक लामा, उत्कृष्ट चार्ड पर्व गितमा किरण शर्मा, उत्कृष्ट राष्ट्रिय गितमा गोविन्द चापागाइ, मात्री भाषामा राजबहादुर गुरुङ, मौलिक लोकगितमा रामचन्द्र ढकालले अवार्ड जित्न सफल भएका थिए ।
त्यसै गरी उत्कृष्ट भजनमा सन्तोस अधिकारी, गाउँ चिनारी गितमा सरिता अधिकार, सुगम गितमा टेकनारायण चापागाई, आधुनिक गितमा विनोद वानिया, आधुनिक गित रचनामा शान्ति सुनार, आधुनिक गित म्यूजिकमा जयकुमार परियार, आधुनिक गित एरेन्जमा वि.वि.अनुरागी, लोक गितमा जीवन दाहाल, दोहोरी गायक पुरुष तर्फ कमल सुसान्त केसी, सोही इभेण्टमा महिला तर्फ भने दिलु फगामी मगर, लोकदोहोरी रचनामा सुरज रेग्मी, लय लोकगीतमा नारायण भट्टराई, नवलोक गायक सुमित्रा गिरी, एरेन्ज तर्फ सुनिल परियार, म्युजिक भिडियोमा कृष्ण गुरुङ सम्मानित हुनु भयो ।
त्यस्तै नव अभिनय पुरुष तर्फ राधाकृष्ण बस्यौला, उक्त इभेण्टको महिला तर्फ सरिता दानाकोटी, म्युजिक भिडियो निर्देशन शिवराज भुर्तेल, दृष्य सम्पादनमा राजकुमार मगर, म्यूजिक भिडियो छायाङकन गणेश सापकोटा, अभिनय तर्फ अविरल अधिकारी, हाँस्य अभिनयमा राजेन्द्र नेपाली÷युवराज भण्डारी, लोकदोहोरी गितमा तारापति सुवेदी सम्मानित भएका छन् । दर्शक छनौटबाट दीपक थापा मगर, जुरी अवार्डबाट निर्मल खत्री, किसन नेपाली, सुवास अम्गाई सम्मानित हुनु भएको छ ।

प्रतिकृया दिनुहोस्